बैंकिङ खबर/नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको आर्थिक र वित्तीय स्थायीत्व दिनेगरी आगामी मौद्रिक नीति तय हुने बताएका छन्। बिहीबार इकोनोमिक मिडिया एसोसिएशन नेपालले काठमाडौँमा आयोजना गरेको मौद्रिक नीति आउनुअघिको छलफलमा गभर्नर अधिकारीले यस्तो बताएका हुन्।
उनले भने, ‘मौद्रिक नीति बनाउने राष्ट्र बैंक अन्तिम चरणमा पुगेको छ। अब बैंकर्स एशोसिएशनसँग छलफलमा बस्दै छौँ। प्रायः सबै निकायहरुसँग छलफल सकेका छौँ। सबैको आकांक्षा मौद्रिक नीतिमा छ‚’ उनले भने‚ ‘राष्ट्र बैंकले गर्न सक्ने नीतिहरुमा सीमाभित्र रहेर गर्छौँ। अर्थतन्त्रका समग्र सूचकहरु हेर्दा निर्माण उद्योग र औद्योगिक उद्योग ऋणात्मक भएको अवस्था छ।’
उनले नेपाल राष्ट्र बैंकको अन्य केही उद्देश्य नभएको र मुलुकको वर्तमान आर्थिक, वित्तीय स्थायित्व र सरकारले लिएको ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्यमा आधारित भएर मौद्रिक नीति ल्याउने बताए। उनले बैंकिङ क्षेत्रलाई कसरी चुनौती सामना गर्नसक्ने बनाउन सकिन्छ भन्ने विषयमा केन्द्रित हुने बताए। उनले बैंकिङ क्षेत्रमा सबैको सधैँ आकर्षण रहने बनाउन सक्नुपर्ने बताए।
उनले कुनै व्यवसायलाई असर पर्ने नीति नआउने बताए। उनले बैंकिङ क्षेत्रसँग भएको स्रोतलाई उत्पादनमूलक क्षेत्रमा लैजाने र थोरै भए पनि रोजगारी सिर्जना गर्नेगरी बैंकहरु लाग्न आवश्यक रहेको बताए। उनले निर्यात मुलुक उद्योग स्थापना गर्ने काममा बैंकको स्रोत प्रयोग हुन आवश्यक रहेको बताए। उनले मौद्रिक नीति तयारीको अन्तिम चरणमा राष्ट्र बैंक पुगेको बताए।
उनले राष्ट्र बैंकले गर्न सक्ने जति नीतिहरुमा सीमाभित्र रहेर काम गर्ने बताए। उनले मुलुकको अर्थतन्त्रका समग्र सूचकहरु हेर्दा निर्माण उद्योग र औद्योगिक उद्योग ऋणात्मक भएको बताए। उनले होटल, ऊर्जा क्षेत्रमा उत्साहजनक वृद्धि भइरहेको भन्दै समग्र सबै क्षेत्र नकारात्मक छ भन्ने धारणा राख्न नहुने बताए। उनले मौद्रिक नीतिले उद्योग व्यवसाय सहज वातावरण बनाउने बताए।