सरकारको पूर्ण स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकले ३० प्रतिशत सेयर सर्वसाधरणलाई बिक्री गर्न सरकारसँग अनुमति माग गरेको छ । राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालयमा कर्पोरेट शाखा उद्घाटन तथा स्वर्ण जयन्ती स्मारकको अनावरण कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले सर्वसाधारण्लाई ३० प्रतिशत सेयर निष्कासनको प्रक्रिया अगाडि बढाउन उपप्रधान तथा अर्थमन्त्री कृष्ण बहादुर महरासँग आग्रह गरेका हुन् । नेपाल राष्ट्र बैंकले समेत राष्ट्रिय वाणिज्य र्बैंकको यस प्रस्तावको समर्थन गरेको छ ।
राष्ट्रिय वाणिज्य बैंकको संचालक समितिले यसअघिनै ३० प्रतिशत सेयर जनतालाई बिक्री गर्न अर्थमन्त्रालयमा प्रस्ताव गरेकोमा तत्कालीन एमाले नेतृत्वको सरकारले यसलाई अस्विकार गरेको थियो । बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बैंकको अवस्था सुदृढ बन्दै गएको उल्लेख गर्दे आगामी आर्थिक बर्षबाट सरकारलाई दश प्रतिशत लाभांस दिन बैंक सक्षम रहेको बताए ।