July 10th, 2024

चालू खाता र भुक्तानी सन्तुलन दुवै बचतमा(पूर्णपाठ)

बैंकिङ खबर/सरकारको चालू खाता २ खर्ब ३९ करोडले बचतमा छ। अघिल्लो वर्षको सोही अवधिमा चालू खाता ७९ अर्ब ५३ करोडले घाटामा रहेकोमा अहिले वृद्धि भएको हो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ६१ करोड ३२ लाखले घाटामा रहेको चालू खाता समीक्षा अवधिमा १ अर्ब ५१ करोडले बचतमा छ।

जेठ मसान्तसम्म पुँजीगत ट्रान्सफर २५.७ प्रतिशतले कमी आई ५ अर्ब ४६ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ८ अर्ब १६ करोडले धनात्मक रहेको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ७ अर्ब ३५ करोड कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब ६५ करोडले धनात्मक रहेको थियो।

केन्द्रीय बैंकका अनुसार समीक्षा अवधिमा शोधनान्तर स्थिति अर्थात् भुक्तानी सन्तुलन ४२५ अर्ब ६७ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २२४ अर्ब ९० करोडले बचतमा रहेको थियो।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ७१ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ३ अर्ब २० करोडले बचतमा रहेको छ।

Current Macroeconomic and Financial Situation -Nepali (Based on Eleven Months' data of 2080.81)