July 10th, 2024

बैंकिङ र लघुवित्त उपसमूहमा लगानीकर्ताको आकर्षण

बैंकिङ खबर/ बुधबार पनि शेयर बजार बढेको छ । यो दिन नेप्से परिसूचक २३.२५ अंकले बढेर २ हजार १७५.४० विन्दुमा पुगेको छ ।यो दिनको बजार हेर्दा बैंकिङ र लघुवित्त उपसमूहमा लगानीकर्ताहरुको आकर्षण बढेको देखिन्छ ।

मंगलबार सामान्य अंकको करेक्सनमा आएको बजार यस दिन पुनः बढेको हो।यो दिन राम्रा र बलिया कम्पनी मापक सेन्सेक्स सूचक पनि ४.८२ अंकले बढेर ३८५.७५ विन्दुमा पुगेको छ । यो दिन ३२२ वटा कम्पनीको १ करोड ५२ लाख ९६ हजार७३९ कित्ता शेयर ५ अर्ब ७४ करोड रुपैयाँभन्दा बढीमा खरिदबिक्री भएको छ ।

अघिल्लो कारोबार दिन मंगलबार बजार बढेर ५ अर्ब ५३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो ।यो दिन नेप्सेमा सूचीकृत कम्पनीहरु मध्ये १९४ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ४६ वटा कम्पनीको घटेको छ । त्यस्तै पाँच वटा कम्पनीको शेयरमूल्य स्थिर छ ।

यो दिन नेप्सेमा सूचीकृत १३ वटा उपसमूहमध्ये १२ वटा उपसमूहको परिसूचक बढेको छ भने एउटा उपसमूहको परिसूचक मात्र घटेको छ। यो दिन विकास बैंकको उपसमूह ०.२९ प्रतिशतले घटेको छ ।

यो दिनको बजारलाई हेर्दा लगानीकर्ताहरु वाणिज्य बैंक उपसमूहतर्फ आकर्षित भएको देखिएको छ । यो दिन उक्त समूहको शेयरमूल्य सबैभन्दा बढी अर्थात् १.६९ प्रतिशतले बढेको छ ।दोस्रोमा लघुवित्त उपसमूह छ ।यो उपसमूह १.५४ प्रतिशतले बढेको छ ।

यो दिन सर्वाधिक कारोबार हुने कम्पनीमा ह्याथवे इन्भेष्टमेन्ट कम्पनी छ । उक्त कम्पनीको १५करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।त्यस्तै जानकाी फाइनान्सको १४ करोड ८२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।यसैगरी, एनआरएन इन्फ्रास्टक्चरको ११ करोड ३९ लाखभन्दा बढीको कारोबार भएको छ ।

यो दिन बलेफी हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै यो दिन ११ प्रतिशत केबीएल डिवेञ्चरको इकाई मूल्य पनि ८.६६ प्रतिशतले बढेको हो । यसैगरी सिक्लेश हाइड्रोपावरको शेयरमूल्य ८.३२ प्रतिशतले बृद्धि भएको छ ।

यो दिन बढेको बजारमा बुद्धभुमि हाइड्रोपावरको शेयरमूल्यामा नकारात्मक सर्किट लागेको छ । त्यस्तै समाज लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.८८ प्रतिशतले घटेको छ।