Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकमा पैसा थुप्रिएको थुप्रियै, यस्तो छ सीडी रेसियो ?

२०८१ असार २६ गते

बैंकिङ खबर/ बैंकिङ प्रणालीमा पैसा थुप्रिने क्रम जारी रहेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार असार २१ गते एकैदिन बैंक तथा वित्तीय संस्थाको निक्षेप १२ अर्ब रुपैयाँले बढेको छ।

योसँगै कुल निक्षेप ६३ खर्ब ९९ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिनसम्म कुल निक्षेप ६३ खर्ब ८७ अर्ब रुपैयाँ थियो। असार २१ मा वाणिज्य बैंकहरुको निक्षेप ११ अर्ब रुपैयाँले बढेको छ। योसँगै वाणिज्य बैंकहरुको कुल ५६ खर्ब ७४ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिन कुल निक्षेप ५६ खर्ब ६३ अर्ब रुपैयाँ थियो।

निक्षेप थपिने क्रमले तीव्रता पाइरहँदा कर्जा प्रवाह भने सुस्त नै देखिएको छ। असार २१ मा बैंक तथा वित्तीय संस्थामा १ अर्ब रुपैयाँ बढी कर्जा प्रवाह भएको छ। योसँगै कुल कर्जा लगानी ५१ खर्ब ५३ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिनसम्म कुल कर्जा लगानी ५१ खर्ब ५२ अर्ब रुपैयाँ थियो।

निक्षेप बढ्दै जाँदा बैंकहरुको औसत सीडी रेसियो ७८ प्रतिशतको लाइनमा झरेको छ। असार २१ मा बैंकहरुको औसत सीडी रेसियो ७८.४८ प्रतिशतमा झरेको छ। अघिल्लो औसत सीडी रेसियो ७८.५९ प्रतिशत थियो। असार २१ मा अन्तरबैंक ब्याजदर ३ प्रतिशतमा उक्लिएको छ। अघिल्लो दिनसम्म अन्तरबैंक ब्याजदर २.९५ प्रतिशत थियो।