बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफुले मौद्रिक नीति यस्तो आउँदैछ भन्न नमिल्ने बताएका छन्् । नेपाल उद्योग वाणिज्य महासंघको कार्यक्रममा उनले भने, ‘मौद्रिक नीति तर्जुमा गर्दा अर्थतन्त्र नै केन्द्र रहन्छ। मैले मौद्रिक नीति यस्तो आउँदैछ भन्न मिल्दैन ।’
गभर्नर अधिकारीले यसअघिका सार्वजनिक फोरममा भने लचिलो मौद्रिक नीति ल्याउने घोषणा गरेका थिए । ’मिडियाका साथीहरूले गभर्नरले लचिलो मौद्रिक नीति ल्याउने घोषणा गरे भनेर लेख्नुभएको छ। नीति तर्जुमा गर्दा अर्थतन्त्र नै केन्द्र रहन्छ। मैले मौद्रिक नीति यस्तो आउँदैछ भन्न मिल्दैन,’ उनले भने, ’अर्थतन्त्रका केही क्षेत्र अत्यन्त सबल छन्। तर, सरकारको वित्त आफैँ दबाबमा छ।निर्माणलगायतका केही वास्तविक क्षेत्र समस्यामा छ।’
सहुलियतपूर्ण कर्जामा देखिएको समस्या समाधानको बाटोमा राष्ट्र बैंक रहेको, निजी क्षेत्रबाट कृषिलाई बढी प्राथमिकता दिनुपर्ने सुझाव आएको, बैंकको विषयमा गर्नुपर्ने थप सहयोग र सहजीकरण लागि राष्ट्र बैंक सहयोगी हुने उनले बताए। ’चालू पुँजीमा १ करोडसम्म मार्गदर्शन लागू हुँदैन । ५ करोडसम्मको कर्जा लिँदा ४ करोड ट्रम र १ करोडसम्म चालू पुँजी लिन सकिन्छ। बाँधेको डोरी फुकाउन राष्ट्र बैंक तयार छ। तर, बाँधेको डोरी देखाउन सक्नुप¥यो,’ उनले भने। साना व्यवसायलाई ब्याजदरमा प्रोटेक्सन, नेपालकै कच्चा पदार्थमा आधारित उद्योग र साना व्यवसायलाई आधार दरमा २ प्रतिशत मात्रै प्रिमियम लिने व्यवस्था रहेको गभर्नर अधिकारीले बताए।