चालू आर्थिक वर्षको पहिलो त्रैमासमा सिभिल बैंकबाहेक २७ वटै वाणिज्य बैंकहरु नाफामा गए । धेरै नाफा कमाउने १० वटा बैंकहरुले मात्रै सवा पाँच अर्बको हाराहारीमा नाफा आर्जन गरे । नेपाल बैंकले त पहिलो त्रैमासमै एक अर्बभन्दा बढी नाफा कमायो । निजी स्तरका नविल बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले पौने एक अर्बको हाराहारीमा नाफा कमाए । समग्रमा, चालू आर्थिक वर्षको पहिलो त्रैमासमा सबैभन्दा धेरै नाफा कमाउने १० बैंकहरु र तीनीहरुको वित्तीय विवरण यहाँ प्रस्तुत गरिन्छ :
नेपाल बैंक लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब १६ करोड ६० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १ सय ६२ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल बैंकले ४४ करोड ४३ लाख रुपैंया मात्र नाफा कमाएको थियो । ६ अर्ब ४९ करोड रुपैयाँ चुक्ता पूँजी भएको बैंकको खुद व्याज आम्दानी गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा ६७ दशमलव ९५ प्रतिशतले बढेर १ अर्ब १७ करोड ४३ लाख रुपैयाँ पुगेको छ । त्यस्तै संचालन मुनाफा २ सय ५२ दशमलव २० प्रतिशतले बढेर ४७ करोड ९० लाख रुपैयाँ पुगेको छ । बैंकले निक्षेपमा गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा ११ दशमलव ६८ प्रतिशतले वृद्धि गरी ८६ अर्ब २२ करोड रुपैयाँ संकलन गरेको छ । कर्जातर्फ बैंकले ६६ अर्ब ३ करोड रुपैयाँ लगानी गरेको छ । यो अवधिमा ६ करोड ९५ लाख रुपैंया खराब कर्जा उठाएको बैंकले जोखिम व्यवस्थापन कोषमा १७ करोड ९३ लाख रुपैंया राखेको छ भने जगेडा कोषमा १ अर्ब ५३ करोड ४५ लाख रुपैंया राखेको छ । असोज मसान्तसम्ममा बैंकको निष्क्रिय कर्जा ३ दशमलब १० प्रतिशत रहेको छ भने जोखिमयुक्त सम्पति १२ दशमलब १२ प्रतिशत रहेको छ । बैंंकको प्रतिशेयर आम्दानी ७१ दशमलव ७६ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ७ दशमलव २९ गुणा, प्रतिशेयर नेटवथ १ सय २३ दशमलव ६१ रुपैयाँ र तरलता अनुपात २४ दशमलव २५ प्रतिशत रहेको छ ।
नविल बैंक
नविल बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ७९ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले गत वर्षको तुलनामा झन्डै २५ करोड रुपैयाँ बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो तीन महिनामा नविलले ६५ करोड ३५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । बैंकले यसअवधिमा चुक्तापूँजी ४ अर्ब ७५ करोड रुपैयाँबाट बढाएर ६ अर्ब १८ करोड पुर्याएको छ । बैंकले गत वर्षको मुनाफाबाट ३० प्रतिशत हकप्रद सेयर जारी गरेर पुँजी बढाएको हो । यसअवधिमा बैंकको प्रतिसेयर आम्दानी भने २० रुपैयाँले झरेको छ । अहिले बैंकको प्रतिसेयर आम्दानी ५० रुपैयाँ ६७ पैसा छ, जबकि, गत आर्थिक वर्षको सोही अवधिमा बैंकको प्रतिसेयर आम्दानी ७० रुपैयाँ १२ पैसा थियो । बैंकको प्रतिसेयर नेटवर्थ २ सय रुपैयाँ रहेको छ । बैंकले यसअवधिमा खराबकर्जा १.५४ प्रतिशतबाट घटाएर १.०९ प्रतिशतमा झारेको छ । बैंकले प्रोभिजनमा ३८ लाख रुपैयाँ राखेको छ । त्यस्तै, बैंकको जगेडा कोषमा ६ अर्ब २० करोेड रुपैंयाँ रहेको छ । बैंकले यसअवधिमा एक खर्ब २० अर्ब निक्षेप संकलन गरेर ८३ अर्ब ५४ करोड कर्जा लगानी गरेको छ ।
नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ७४ करोड ८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही वधिको तुलनामा ७४ दशमलव ९४ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा बैंकले ४२ करोड ३८ लाख रुपैयाँ मुनाफा कमाएको थियो । ८ अर्ब ७० करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले जगेडाकोषमा ८ अर्ब ३२ करोड १९ लाख रुपैयाँ राखेको छ । गत आवको तुलनामा बैंकले निक्षेपमा १९.७७ प्रतिशतले बढाएर १ खर्ब १४ अर्ब ८६ करोड ९८ लाख रुपैयाँ संकलन गरेको छ । जसबाट कर्जातर्फ २७ दशमलव १४ प्रतिशतले बढाएर ९४ अर्ब ४४ लाख रुपैयाँ लगानी गरेको छ । खुद व्याज आम्दानी र सञ्चालन मुनाफामा पनि बैंकले उल्लेख्य प्रगति गरेको छ । असोज मसान्तसम्ममा बैंकको खुद व्याज आम्दानी ७१ दशमलव १४ प्रतिशतले बढेर १ अर्ब १० करोड ९६ लाख रुपैयाँ पुगेको छ । त्यस्तै सञ्चालन मुनाफा ८८ दशमलव ५६ प्रतिशतले बढेर १ अर्ब ८ करोड ८७ लाख रुपैयाँ पुगेको छ । बैंकको प्रोभिजनमा १६ करोड ६३ लाख रुपैयाँ नकारात्मक रहेको देखिन्छ । यो अवधिमा बैंकले ३ करोड रुपैयाँ खराब कर्जा उठाएको छ । बैंकको निष्कृय कर्जा घटेको छ भने जोखिमयुक्त सम्पत्ति थोरै बढेको छ । निष्कृय कर्जा शुन्य दशमलव ३६ प्रतिशतले घटेर शुन्य ७१ प्रतिशत पुगेको र जोखिमयुक्त सम्पति २ दशमलव ०८ प्रतिशतले बढेर १३ दशमलव ३९ प्रतिशत पुगेको बैंकले जनाएको छ ।
नेपाल इन्भेष्टमेण्ट बैंकको प्रति शेयर आम्दानी (वार्षिक) ३४ दशमलव ०३ रुपैयाँ, मुल्य आम्दानीको अनुपात (वार्षिक) २३ दशमलव ७१ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ९५ दशमलव ५८ रुपैयाँ रहेको छ ।
एभ
एभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५१ करोड ३४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक बर्षको तुलनामा ४१ दशमलव ३२ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले मुनाफा ३६ करोड ३७ लाख रुपैयाँ कमाएको थियो । असोज मसान्तसम्ममा एभरेष्ट बैंकले चुक्तापुँजी २ अर्ब ७४ करोड २६ रुपैयाँ पुर्याएको छ । गत आर्थिक वर्षको असोज मसान्तको तुलनामा बैंकले निक्षेपमा १७ दशमलव १० प्रतिशतले वृद्धि गरी ८९ अर्ब १५ करोड ५० लाख रुपैयाँ संकलन गरेको छ । कर्जातर्फ ३५ दशमलव २९ प्रतिशतले बढाएर ६९ अर्ब ५३ करोड रुपैयाँ लगानी गरेको छ । बैंकले खुद व्याज आम्दानी र सञ्चालन मुनाफामा पनि राम्रो प्रगति गरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा बैंकले ३८ दशमलव ०८ प्रतिशत बढी खुद व्याज आम्दानी गरेको छ । यो अवधिमा बैंकको खुद व्याज आम्दानी ९१ करोड ८ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, बैंकको सञ्चालन मुनाफा ४२ दशमलव ६७ प्रतिशतले बढेर ७६ करोड ९४ लाख रुपैयाँ पुगेको छ । पहिलो त्रमासिक अवधिमा ३ करोड ५३ लाख रुपैयाँ खराब कर्जा उठाएको बैंकले प्रोभिजनमा ४ करोड ९७ लाख रुपैयाँ राखेको छ भने जगेडाकोषमा ६ अर्ब ३८ करोड ३० लाख रुपैयाँ राखेको छ । असोज मसान्तसम्ममा एभरेष्ट बैंकको निष्कृय कर्जा शुन्य दशमलव ३१ प्रतिशतले घटेर शुन्य ३६ प्रतिशत रहेको छ भने जोखिमयुक्त सम्पत्ति १ दशमलव ५६ प्रतिशतले घटेर १३ दशमलव २२ प्रतिशत रहेको छ । बैंकको प्रति शेयर आम्दानी ७७ दशमलब १३ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४७ दशमलब ५३ गुणा, प्रति शेयर नेटवर्थ ३ सय ३९ दशमलब ७३ रुपैयाँ र तरलता अनुपात ४० दशमलव २९ प्रतिशत रहेको छ ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५० करोड ८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १७ दशमलव ८ प्रतिशत कम नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ६० करोड ३९ लाख रुपैयाँ नाफा कमाएको थियो । ८ अर्ब ५८ करोड चुक्ता पूँजी भएको राष्ट्रिय वाणिज्य बैंकले निक्षेपमा गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा १७ दशमलव ७४ प्रतिशतले वृद्धि गरी १ खर्ब ४६ अर्ब ५९ करोड रुपैयाँ संकलन गरेको छ । कर्जातर्फ बैंकले १४ दशमलव ८६ प्रतिशत बढाएर ८५ अर्ब ९८ करोड ९४ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी गत असोज मसान्तको तुलनामा १४ दशमलव ८ प्रतिशतले घटेर १ अर्ब २९ करोड ३८ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, सञ्चालन मुनाफा २२ दशलमव १६ प्रतिशत घटेर ५८ करोड ३० लाख रुपैयाँ पुगेको छ । यो अवधिमा १० करोड १० लाख रुपैयाँ खराब कर्जा उठाएको बैंकले संभावित जोखिम वापत ३३ करोड १९ लाख रुपैयाँ राखेको छ भने जगेडाकोषमा १ अर्ब २३ करोड ४७ लाख रुपैयाँ राखेको छ । असोज मसान्तसम्ममाबैंकको निष्क्रिय कर्जा शुन्य दशमलव २१ प्रतिशतले घटेर ३ दशमलव ३० प्रतिशत कायम भएको छ भने जोखिम भारित सम्पत्ति शुन्य दशमलव ८८ प्रतिशतले बढेर ११ दशमलव ५३ प्रतिशत कायम भएको छ ।
हिमालयन बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४३ करोड ८४ लाख रुपैयाँ खुद मुनाफा हार्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६ दशमलव ०२ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा हिमालयनले ३२ करोड २७ लाख रुपैयाँ नाफा कमाएको थियो । ४ अर्ब ८१ करोड रुपैयाा चुक्ता पुँजी भएको बैंकले निक्षेपमा गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा २० दशमलव ७७ प्रतिशतले वृद्धि गरि ९३ अर्ब २२ करोड ६२ लाख रुपैयाँ संकलन गरेको छ । कर्जातर्फ बैंकले २६ दशमलव ३१ प्रतिशत बढाएर ७२ अर्ब १८ करोड ३९ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा १८ दशमलव ५० प्रतिशतले बढेर ८२ करोड ६१ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, सञ्चालन मुनाफा ३५ दशमलव १७ प्रतिशतले बढेर ६८ करोड ४३ लाख रुपैयाँ पुगेको छ । बैंकले प्राभिजनमा ५ करोड ७२ लाख रुपैयाँ राखेको छ भने जगेडाकोषमा ४ अर्ब ८१ करोड रुपैयाँ राखेको छ । असोज मसान्तसम्ममा बैंकको निष्कृय कर्जा २ दशमलव १८ प्रतिशतले घटेर १ दशमलव १७ प्रतिशत पुगेको छ भने जोखिमयुक्त सम्पति शुन्य दशमलव १८ प्रतिशतले बढेर ११ दशमलव २७ प्रतिशत पुगेको छ । बैंकको प्रतिशेयर आम्दानी ३८ दशमलव ९८ रुपैयाँ, मुल्य आम्दानीेको अनुपात ४१ दशमलव ६१ गुणा, प्रति शेयर नेटवर्थ २ सय १७ रुपैयाँ र तरलता अनुपात २७ दशमलव २४ प्रतिशत रहेको छ ।
कृषि विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४२ करोड २३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको ४६ दशमलव ५२ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा कृषि विकास बैंकले २८ करोड ८६ लाख रुपैयाँ मुनाफा कमाएको थियो । १० अर्ब ३७ करोड ४४ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकले निक्षेपमा ७ दशमलव ५९ प्रतिशत वृद्धि गरी ८५ अर्ब ६६ करोड ४६ लाख रुपैयाँ संकलन गरेको छ । कर्जामा ८१ अर्ब १३ करोड ५ लाख रुपैयाँ लगानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा २२ दशमलव ७२ प्रतिशत बढी हो । त्यस्तै खुद व्याज आम्दानी ४७ दशमलव ९४ प्रतिशतले बढेर १ अर्ब ६१ करोड ७९ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफामा ३२ प्रतिशत बढेर ३० अर्ब ५० करोड १० लाख रुपैयाँ पुगेको छ । यो अवधिमा २५ करोड ८० लाख रुपैयाँ खराबकर्जा उठाएको बैंकले प्रोभिजनमा ५८ करोड ११ लाख रुपैयाँ राखेको छ भने जगेडाकोषमा ८ अर्ब ८० करोड ७७ लाख रुपैयाँ राखेको छ । बैंकको जोखिमयुक्त सम्पत्ति १६ दशमलव ७१ प्रतिशत र निष्कृय कर्जा ३ दशमलव ८३ प्रतिशतले रहेको छ । बैंकको प्रति शेयर आम्दानी ३६ दशमलव ९१ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १८ दशमलव ५१ गुणा, प्रतिशेयर नेटवर्थ ३ सय २१ दशमलव २३ रुपैयाँ र तरलता अनुपात २२ दशमलव ६३ प्रतिशत रहेको छ ।
ग्लोबल आईएमई बैंक लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ४२ करोड ९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले नाफामा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३४ दशमलव १८ प्रतिशतले बढोत्तरी गरेको हो । अघिल्लो वर्षको पहिलो त्रैमासिक अवधिमा बैंकले ३१ करोड ३५ लाख रुपैयाँ नाफा कमाएको थियो । ७ अर्ब १५ करोड ५ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकले जगेडाकोषमा १ अर्ब ९७ करोड ६१ लाख रुपैयाँ राखेको छ । बैंकले निक्षेपमा २७ दशमलव ३४ प्रतिशतले वृद्धि गरी ८० अर्ब ३४ करोड रुपैयाँ संकलन गरेको छ भने कर्जातर्फ ६७ अर्ब १६ करोड ४४ लाख रुपैयाँ लगानी गरेको छ । बैंकले गत वर्षको पहिलो त्रैमाससम्ममा ५२ अर्ब १० करोड १६ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो । खुद व्याज आम्दानी र सञ्चालन मुनाफामा प्रगति गरेपछि बैंकको समग्र नाफा पनि बढेको छ । यो अवधिमा बैंकको खुद व्याज आम्दानी ४० दशमलव ४४ प्रतिशतले बढेर ८२ करोड ३५ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा २३ दशमलव ०५ प्रतिशतले बढेर ५३ करोड ९६ लाख रुपैयाँ पुगेको बैंकले जनाएको छ । प्रोभिजनमा बैंकले १५ करोड ९३ लाख रुपैयाँ राखेको छ । तीन महिनाको अवधिमा बैंकले १० करोड ७५ लाख रुपैयाँ खराब कर्जा उठाएको छ । जोखिमयुक्त सम्पत्ति र निष्कृय कर्जा घटाउन पनि बैंक सफल भएको छ । असोज मसान्तसम्ममा बैंकको जोखिमयुक्त सम्पत्ति शुन्य दशमलव ८६ प्रतिशतले घटेर ११ दशमलव ९३ प्रतिशत पुगेको छ भने निष्कृय कर्जा पनि शुन्य दशमलव २७ प्रतिशतले घटेर १ दशमलव ७१ प्रतिशत पुगेको छ । बैंकको प्रतिशेयर आम्दानी २३ दशमलव ५५ रुपैयाँ, मुल्य आम्दानी अनुपात २१ द्यशमलव ७८ गुणा, नेटवर्थ प्रति शेयर १ सय २७ दशमलव १६ रुपैयाँ रहेको छ ।
सिद्धार्थ बैंक लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ३५ करोड ९६ लाख ७६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०९ प्रतिशतले बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले १७ करोड २० लाख ३६ हजार रुपैयाँ नाफा कमाएको थियो । तीन अर्ब ३७ करोड ५१ लाख १९ हजार रुपैयाँ चुक्तापुँजी भएको बैंकले असोज मसान्तसम्ममा ७० अर्ब ५ करोड ९ लाख २६ हजार रुपैयाँ निक्षेप संकलन गरी ५८ अर्ब ९३ करोड ७९ लाख ४५ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासको अन्त्यसम्ममा बैंकले ४५ अर्ब निक्षेप संकलन गरी कर्जातर्फ ३८ अर्ब रुपैयाँ परिचालन गरेको थियो । खुद व्याज आम्दानी र सञ्चालन मुनाफामा पनि बैंकले उल्लेख्य प्रगती गरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ३६ करोड खुद व्याज आम्दानी गरेको बैंकले चालू आर्थिक वर्षमा ६२ करोड ७२ लाख २३ हजार रुपैयाँ आम्दानी गरेको छ । त्यस्तै, चालू आवको पहिलो तीन महिनामा बैंकले ७७ करोड ८६ लाख ७४ हजार रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकले ५० करोड ३५ लाख १० हजार रुपैयाँ सञ्चालन मुनाफा गरेको थियो । बैंकले २१ करोड १६ लाख ९५ हजार रुपैयाँ प्रोभिजनमा राखेको छ । बैंकको निष्कृय कर्जा १.५९ प्रतिशतमा झरेको छ । बैंकको जोखिमयुक्त सम्पत्ति ११.२८ प्रतिशतमा झरेको छ । प्रति सेयर आम्दानी साढे ४७ रुपैयाँ छ ।
नेपाल एसबिआई बैंक लिमिटेडले चालु अर्थिक वर्षको पहिलो त्रैमासमा ३५ करोड ४१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेकोे छ । बैंकले गत आर्थिक वर्षको तुलनामा १७ दशमलव २४ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा एसबिआईले ३० करोड २० लाख रुपैयाँ नाफा गरेको थियो । ३ अर्ब ८८ करोड ३७ लाख रुपैयाँ चुक्तापुँजी भएको बैंकको खुद व्याज आम्दानी २२ दशमलव २१ प्रतिशतले बढेर ६९ करोड २८ लाख रुपैयाँ पुगेको छ । त्यस्तै संचालन मुनाफा २१ दशमलव ६५ प्रतिशतले वृद्धि भई ५३ करोड ८५ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा निक्षेपमा २७ दशमलव ६९ प्रतिशतले वृद्धि गरी ६८ अर्ब ८९ करोड ७८ लाख रुपैयाँ संकलन गर्न बैंक सफल सफल भएको छ । सो अवधिमा कर्जातर्फ पनि बैंकले ३१ दशमलव ४२ प्रतिशत बढाएर ५२ अर्ब ३७ करोड ८९ लाख रुपैयाँ लगानी गरेको छ । तीन महिनाको अवधिमा एक करोड रुपैयाँ राइट ब्याक गरेको बैंकको निष्कृय कर्जा शुन्य दशमलब ०७ प्रतिशतले घटेर शुन्य दशमलव ११ प्रतिशत पुगेको छ भने जोखिमयुक्त सम्पत्ति १ दशमलव ४४ प्रतिशतले घटेर १२ दशमलव ८९ प्रतिशत पुगेको छ । बैंकले प्रोभिजनमा ६ करोड ८३ लाख रुपैयाँ राखेको छ भने जगेडाकोषमा ३ अर्ब ४४ करोड ८२ लाख रुपैयाँ राखेको छ । बैंकको प्रतिशेयर आम्दानी ३६ दशमलव ४८ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ५३ दशमलव ०४ गुणा, नेटवर्थ १ सय ८८ दशमलव ७९ रुपैयाँ र तरलता अनुपात ३० दशमलव ३४ प्रतिशत रहेको छ ।