July 5th, 2024

मौद्रिक नीतिमा पुँजी बजारबारे लगानीकर्ता १० सुझाव

बैंकिङ खबर/ पूँजीबजार सम्बद्ध चार वटा संगठनले नेपाल राष्ट्र बैंकलाई आगामी मौद्रिक नीतिमा समेट्नुपर्ने एक दर्जन सुझाव दिएका छन् ।
ती लगानीकर्ता संगठनले आगामी दिनमा मौद्रिक नीति मार्फत धितोपत्र बजारलाई बलियो बनाउनका लागि सुझाव दिएका हुन् ।

केन्द्रीय बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा समावेश गर्नुपर्ने विषय पेस गर्न आग्रह गरेपछि नेपाल शेयरधनी संघ, जनरल इन्भेस्टमेन्ट एशोसिएशन, नेपाल धितोपत्र लगानीकर्ता संघ र साधारण लगानीकर्ता संघ नेपालले संयुक्त रुपमा विभिन्न सुझाव दिएका हुन्।

सुझावमा मार्जिन प्रकृतिको कर्जामा पछिल्लो आर्थिक वर्षमा गरिएको प्रत्यक्ष नियन्त्रणमुखी नीति अधिकतम १५र२० करोडको सीमा लाई तत्काल हटाई पूर्ववत कायम गर्नुपर्ने, धितोपत्रमा दिइने ५० लाखभन्दा माथिका मार्जिन कर्जामा रहेको जोखिमभार १०० प्रतिशतमा झानुपर्ने भनिएको छ।

यस्तै, मार्जिन प्रकृतिको कर्जा दिने उद्देश्यका लागि गणना गरिने औसत मूल्य ६ महिनाको सट्टा ३ महिनाको औसत मूल्यमा गणना गर्नुपर्ने विषय पनि समटिएको छ।

त्यस्तै, गैर बैंकिङ्ग वित्तीय संस्थाको अनुमति पत्र लिएका धितोपत्र दलालले योग्यताअनुरुप बैंकिङ्ग कारोबार गर्ने वित्तीय संस्थामार्फत क्यास क्रेडिट यासिलिटी लिन पाउने व्यवस्था सुनिश्चित गर्न लगानीकर्ताले माग राखेका छन्।लाभांश वितरण नीति पब्लिक कम्पनीको निजी विषय भएको हुँदा लाभांश वितरणमा नियन्त्रण र हस्तक्षेप गर्न नहुने पनि उनीहरुको सुझाव छ ।