Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

सगरमाथा फाइनान्समा ठूलो संख्यामा जागीर खुल्यो

admin २०७३ मंसिर ९ गते
सेयर:

sagarmathaसगरमाथा फाइनान्स लिमिटेडले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले केन्द्रिय कार्यालय र उपत्यका बाहिरका विभिन्न शाखा कार्यालयका लागि ३ जना एसिस्टेन्ट, ६ जना जुनियर एसिस्टेन्ट, केही प्रशिक्षार्थी जुनियर एसिस्टेन्ट, १ जना लिगल सिनियर अफिसर, ४ जना शाखा व्यवस्थापक र ३ जना मेसेन्जर माग गरेको हो । 

कति चाहिन्छ योग्यता ?
कम्पनीले काठमाडौँबाहिरका लागि ३ जना एसिस्टेन्ट र ६ जना जुनियर एसिस्टेन्ट माग गरेको छ । एसिस्टेन्टका लागि कमर्स विषयमा प्लस दुई उतीर्ण र तीन वर्षे अनुभव वा स्नातक उतीर्ण र एक वर्षे अनुभव भएको र उमेर ३० वर्ष ननाघेको हुनुपर्नेछ । त्यस्तै, जुनियर एसिस्टेन्टका लागि कमर्स विषयमा प्लस दुई उतीर्ण, कम्युटरसम्बन्धि ज्ञान भएको र उमेर २५ वर्ष ननाघेको हुनुपर्नेछ । यस पदका लागि फ्रेसरले पनि आवेदन दिन सक्नेछन् । 

त्यस्तै, फाइनान्सले केन्द्रिय कार्यालयका लागि केही संख्यामा प्रशिक्षार्थी जुनियर एसिस्टेन्ट र १ जना लिगल सिनियर अफिसर माग गरेको छ । प्रशिक्षार्थी जुनियर एसिस्टेन्टका लागि कमर्समा प्लस दुई उतीर्ण, अंग्रेजी र नेपाली भाषामा पोख्त, कम्प्युटरसम्बन्धि ज्ञान भएको र उमेर २५ वर्ष ननाघेको हुनुपर्नेछ । लिगल अफिसरका लागि कमर्सियल ल अध्ययन गरी कम्तीमा दुई वर्ष बैंक तथा वित्तीय संस्थामा सम्बन्धित काम गरेको, कानुनी कागजात, नीति, नियम तथा प्रक्रियाहरु रिभ्यु र ड्राफ्टिङ गर्न सक्ने, अंग्रेजी भाषामा पोख्त र उमेर ३५ वर्ष ननाघेको हुनुपर्नेछ । 

त्यसैगरी, कम्पनीले न्युरोड शाखाका लागि १ जना र काठमाडौँ बाहिरका लागि ३ जना गरी ४ जना शाखा व्यवस्थापक माग गरेको छ । यसका लागि कमर्स विषयमा स्नातकोत्तर उतीर्ण गरी सम्बन्धित क्षेत्रमा ३ वर्ष काम गरेको, टीमको नेतृत्व गर्न सक्ने, महत्वपूर्ण निर्णयहरु लिन सक्ने, कम्युटर र एकाउन्टिङमा दक्ष र उमेर ३५ वर्ष ननाघेको हुनुपर्नेछ ।

कम्पनीले ३ जना मेसेन्जर पनि माग गरेको छ । यस पदका लागि कम्पनीले क्षेत्र तोकेको छैन । यस पदमा रहेर काम गर्न चाहने व्यक्ति साक्षर हुनुपर्नेछ । साथै, राम्रो कम्युनिकेसन क्षमता र राम्रो डकुमेन्टेसन र फाइलिङ सीप भएको हुनुपर्नेछ ।

कसरी दिने आवेदन ?
इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकलाई शैक्षिक प्रमाणपत्र, अनुभव झल्काउने प्रमाणपत्र, हालसाथै खिचेको पासपोर्ट साइजको फोटो र निवेदन ३० नोभेम्बर अर्थात मंसिर १५ गतेभित्रमा GPO Box 8975, EPC 2790 Kathmandu, Nepal अर्थात् info@smb.com.np मा पठाउन आह्वान गरिएको छ । 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।