२०८१ असार १८ गते

अग्राधिकार शेयर निष्कासन गर्दै कामना सेवा विकास बैंक

बैंकिङ खबर/ कामना सेवा विकास बैंकले अविमोच्य असञ्चिति अग्राधिकार शेयर निष्कासन गर्ने भएको छ । कम्पनीको असार १७ गते बसेको सञ्चालक समितिको बैठकले ९ प्रतिशतका दरले अविमोच्य असञ्चिति अग्राधिकार शेयर निष्कासन गर्ने निर्णय गरेको हो ।

कम्पनीले आव २०८०/८१ को आगामी वार्षिक साधारण सभाबाट तथा नेपाल राष्ट्र बैंकलगायत नियमनकारी निकायको स्वीकृति प्राप्त भएको खण्डमा १०० रुपैयाँका दरले ३५ लाख इकाई अर्थात् ३५ करोड रुपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार शेयर निष्कासन गर्ने निर्णय गरेको हो ।

कम्पनीका अनुसार ९ प्रतिशत लाभांस दर कायम गरी मुनाफा भएको वर्ष मात्र मुनाफा वितरण हुने गरि यी शेयर निष्कासन गरिने छ । कुनै पनि सुरक्षण नराखी व्यक्तिगत तवरबाट संस्थागत लगानीकर्ताहरुको लागि मात्र बिक्री गरिने पनि कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ।