Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

धितोपत्र बोर्डको अध्यक्ष छान्न पुरानै समिति, पुरानै कार्यविधि

२०८१ असार १७ गते

बैंकिङ खबर/ नेपाल धितोपत्र बोर्डको अध्यक्ष छान्नका लागि यसअघिकै समितिलाई निरन्तरता दिएको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले पुरानै समितिलाई निरन्तरता दिएको हो ।

समितिमा योजना आयोगका उपाध्यक्ष मिनवहादुर श्रेष्ठ, अर्थ सचिव मधु परासिनी रउदय निरौला रहेका छन् । यस अघिको प्रक्रियाबाट समितिले ५ जनाको सर्ट लिस्टबाट तीन जनाको नाम सिफारिस गर्न नसकेपछिप्रक्रिया रद्द भएको थियो । समितिले पूरानै कार्यविधि अनुसार मंगलबारबाटै काम थाल्ने समिति सदस्य उदय निरौलाले बताए ।