Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

कुमारी बैंकको संस्थापक शेयर सर्वसाधारणले पनि खरिद गर्न पाउने

२०८१ असार १६ गते

बैंकिङ खबर/ कुमारी बैंकले संस्थापक शेयर सर्वसाधारणका लागि विक्रीमा ल्याएको छ । बैंकले यसअघि ३५ दिने सूचना जारी गर्दै विक्रीमा ल्याएको संस्थापक शेयरमा आवेदन नपरेपछि बैंकले सर्वसाधारणमा जारी गरेको हो ।

बैंकले ३ हजार २११ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ। कम्पनीले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको शेयर सर्वसाधारण,कम्पनी तथा संस्थाका लागि बिक्री गर्न लागेको हो । शेयरको मूल्य भने तोकिएको छैन ।

ईच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको ३५ दिनभित्र कम्पनीको शयर रजिष्ट्रार कुमारी क्यापिटल वा कम्पनीको केन्द्रीय कार्यालय टंगालमा पुग्ने गरी आवेदन दिनु पर्नेछ ।