June 30th, 2024

खोरङ्गा हाइड्रोपावरको ५० प्रतिशत हकप्रद शेयर बिक्री खुला

बैंकिङ खबर/ खोरङ्गा हाइड्रोपावरले आफ्ना शेयरधनीहरुलाई हकप्रद शेयर बिक्री खुला गरेको छ। कम्पनीले एक सूचना जारी गर्दै असार १४ गते सञ्चालक समितिको निर्णयबमोजिम चुक्तापुँजीको १ः०.५ अनुपातमा अर्थात ५० प्रतिशतले हुन आउने हकप्रद शेयर बिक्री खुला गरिएको जनाएको छ।

हाल कायम शेयरधनीहरुले आफूले ग्रहण गरेको शेयरको ५० प्रतिशतको दरले हुन आउने रकम कम्पनीमा जम्मा गर्न कम्पनीले आग्रह गरेको छ। यसका लागि असार ३० गतेसम्मको समयसीमा दिइएको छ। तोकिएको अवधिभित्र रकम जम्मा नगर्ने शेयरधनीहरुले शेयर प्रचलित कानुनबमोजिम गरिने कम्पनीले स्पष्ट पारेको छ।