June 28th, 2024

सानिमा बैंक संस्थापक शेयर बिक्रीमा

बैंकिङ खबर/सानिमा बैंकले ४९ हजार ५० कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले यसअघि विद्यमान संस्थापक शेयरधनीहरुका लागि ३५ दिने सूचना प्रकाशित गरेर बिक्री आवेदन खुलाएकोमा कुनै पनि आवेदन नपरेकाले सर्वसाधारणका लागि बिक्री गर्न लागिएको बताएको  छ । कम्पनीको उक्त शेयर खरिदका लागि न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ ।

कम्पनीले उक्त शेयर आम सर्वसाधारण, कम्पनी तथा संघ संस्थाहरुले खरिद गर्न सक्ने बताएको छ ।इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र कम्पनीको नक्सालस्थित केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।

आवेदकले नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको संस्थापक शेयर खरिदका लागि तोकेको मापदण्ड,फिट एण्ड प्रोपर टेष्ट तथा प्रचलित कानूनी व्यवस्थाअनुसार प्रमाणित हुन आवश्यक कागजातसहित खरिद गर्न चाहेको शेयर संख्या तथा मूल्य खुलाई आवेदन पेश गर्नुपर्नेछ ।