बैंकिङ खबर/बैंकहरुले डिबेञ्चर तथा अन्य ऋण उपकरण निष्कासन गर्ने व्यवस्थामा केहि परिमार्जन भएको छ । नेपाल राष्ट्र बैंकले बुधबार एकीकृत निर्देशिका जारी गर्दे डिबेञ्चर तथा अन्य ऋण उपकरण निष्कासन गर्ने विद्यमान व्यवस्थालाई केहि परिमार्जन गरेको हो ।
राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुका लागि एकीकृत निर्देशन जारी गरेको हो । दिर्नेशन अनुसार अब प्राथमिक पूँजीको पाँच प्रतिशतभन्दा बढी सञ्चित नोक्सानी बाँकी नरहेका बैंक तथा फाइनान्स कम्पनीहरुले डिबेञ्चर तथा अन्य ऋण उपकरण निष्कासन गर्न पाउने छन् ।
अन्तिम लेखापरीक्षण भएको पछिल्लो वित्तीय विवरणको आधारमा प्राथमिक पूँजीको पाँच प्रतिशतसम्म सञ्चित नोक्सानी भएका बैंक तथा फाइनान्सहरुले उक्त ऋणपत्र जारी गर्न पाउने निर्देशनमा उल्लेख छ ।
तर, राष्ट्र बैंकले डिबेञ्चर तथा अन्य ऋण उपकरण निष्कासनका लागि पेश गर्ने बैंकहरुलाई आवश्यक परेको खण्डमा शर्तहरु तोक्न सक्ने जनाइएको छ ।