June 27th, 2024

रिलायन्स स्पिनिङले आईपीओ निष्कासन गर्ने

बैंकिङ खबर/रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ विधिबाट सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

कम्पनीले कुल ११ लाख ५५ हजार ९६० कित्ता सेयर प्रतिइकाइ ८२० रुपैयाँ ८० पैसाका दरले निष्कासन गर्न धितोपत्र बोर्डबाट स्वीकृति पाएको हो । सर्वसाधारणका लागि कम्पनीले ९४ करोड ८८ लाख रुपैयाँभन्दा बढीको आईपीओ जारी गर्नेछ ।

बुक बिल्डिङ विधिबाट आउने आईपीओ कम्तीमा ५० कित्ता भर्नुपर्ने व्यवस्था छ । जसले गर्दा यस कम्पनीको आईपीओ प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले भर्नका लागि कम्तीमा ४१ हजार ४० रुपैयाँ चाहिन्छ । सो न्यूनतम रकम बैंक मौज्दात नभएमा भरेको आइपीओ रद्द हुन जानेछ ।