Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकहरुको घट्दो सिडी रेसियो, अन्तर बैंक ब्याजदर २.९६ प्रतिशत

२०८१ असार ९ गते

बैंकिङ खबर/बैंकहरुको सिडी रेसियो घट्दै गएको छ । सिडी रेसियो घट्दै ७९.८३ प्रतिशत कायम भएको हो । अघिल्लो दिन सिडी रेसियो ७९.८७ प्रतिशत थियो । सिडी रेसियो घट्दै जानु बैंकमा लगानीयोग्य पैसा थुप्रिदै जानु हो । कर्जाको माग कम हुँदा बैंकमा लगानी योग्य रकम वृद्धि हुँदै जान्छ ।

बैंकिङ्ग प्रणालीमा एकै दिन २ अर्ब रुपैयाँले निक्षेप वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार मंगलबारसम्म ६२ खर्ब ६३ अर्ब रहेको निक्षेप बुधबारसम्म ६२ खर्ब ६५ अर्ब पुगेको हो।

त्यस्तै, मंगलबारसम्म कर्जा प्रवाह ५१ खर्ब ३६ अर्ब रहेकोमा बुधबार ५१ खर्ब ३५ अर्ब पुगेको हो। एकै दिनमा कर्जा प्रवाह १ अर्बले घटेको छ ।

बुधबारसम्म वाणिज्य बैंकमा निक्षेप ५५ खर्ब ४६ अर्ब पुगेको छ भने वाणिज्य बैंकबाट ४५ खर्ब ४३ अर्ब कर्जा प्रवाह भएको छ । अन्तर बैंक ब्याजदर २.९६ प्रतिशत छ।