Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

ऋणपत्र निष्कासन गर्दै गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स

२०८१ असार ६ गते

बैंकिङ खबर/गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले ऋणपत्र निष्काशन गर्ने भएको छ । नेपाल राष्ट्र बैंकको निर्देशन तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनमा भएको व्यवस्थाबमोजिम असार ५ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले ऋणपत्र निष्कासन गर्ने निर्णय गरेको हो ।

उक्त बैठकले कुल २६ करोड रुपैयाँबराबरको प्रतिइकाई १ हजार रुपैयाँ अंकित दरका २ लाख ६० हजार कित्ता ऋणपत्र निष्कासन गर्ने निर्णय गरेको छ । ८ वर्षे अवधि को हुने यो ऋणपत्रको व्याजदर ९ प्रतिशत हुनेछ र ब्याजजको भुक्तानी ६/६ महिना हुनेछ ।

यस सम्बन्धमा अन्य नियमकिय प्रावधान पुरा गरी नेपाल राष्ट्र बैंकबाट स्विकृत भएपश्चात ऋणपत्र निष्काशन गरिने संस्थाले जनाएको छ ।