Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

विकास बैंकका सञ्चालक र सीईओले पदको दुरुपयोग गर्दा संस्था उच्च जोखिममाः राष्ट्र बैंक(पूर्णपाठ)

२०८१ असार ६ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले बैंक तथा फाइनान्स कम्पनीहरूका सञ्चालक र प्रमुख कार्यकारी अधिकृत (सीइओ)को कारण नै उच्च जोखिममा परेको जनाएको छ ।

राष्ट्र बैंकको ‘वित्तीय संस्था सुपरिवेक्षण प्रतिवेदन २०२२/२३’ ले राष्ट्र बैंकको निर्देशन पालनामा अटेरी गर्दै विकास बैंक र वित्त कम्पनीका सञ्चालक समिति सदस्यले आफ्नो परिवारको नाम र स्वामित्वमा रहेका व्यवसायीक फर्मको नाममा आफ्नै बैंकबाट ऋण लिने गरेको जनाएको छ ।

विकास बैंक र वित्त कम्पनीका सञ्चालकले आफ्नै बैंकबाट ऋण लिएर ती ऋणको ब्याजदर निर्धारण र ऋणीलाई हुने दण्ड सजाय निर्धारणमा समेत संलग्न हुने गरेका छन्। यस्तो अवस्थामा ती सञ्चालकलाई औचित्य बिना नै ब्याज तथा दण्डमा माफीसमेत दिने गरिएको छ।

यस्तै सञ्चालक बैठकमा सहभागी नभई भत्ता लिने संस्थाको खर्चमा विदेश भ्रमणमा जाने गरेको पाइएको छ। सञ्चालकले नियुक्त गरेको सीइओले समेत नियुक्त हुँदाको समयमा गरेको प्रतिबद्धता पुरा नगरेको, सञ्चालकले सीइओ कार्यसम्पादन मूल्यांकन नै नगरी तलब भत्ता बढाएको र सीइओले सञ्चालकलाई फाइदा हुने काम गरेको प्रतिवेदनमा उल्लेख छ ।

साथै, कतिपय संस्थाले सञ्चालक समितिले आफ्नो जिम्मेवारीमा रहेको काम र कर्तव्य पूरा गर्नमा भन्दा व्यक्तिगत ऋणीको कमिसन, ब्याजदर परिवर्तन र प्रकाशन, कर्मचारी नियुक्ति तथा सरुवा बढुवाका विषयमा बढी ध्यान दिएर बैठक गर्ने गरेको पाइएको छ ।

पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नुहोस्