बैंकिङ खबर/ असार महिनाका लागि वाणिज्य बैंकहरू ब्याजदर घटेको छ । सञ्चालनमा रहेका २० मध्ये तीन बैंकले निक्षेपको ब्याजदर बढाउँदा ११ ले भने घटाएका छन् ।
बैंकहरूले औसतमा ०.१२ प्रतिशत बिन्दुले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएका हुन् । असारमा कृषि विकास, नेपाल बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा, सिद्धार्थ, स्ट्यान्डर्ड चार्टड र प्रभु बैंकले व्यक्तिगत मुद्दती निक्षेपको माथिल्लो सीमा जेठकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।
असारमा व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा न्यून ब्याजदर कृषि विकास बैंकको ५.६६६१ प्रतिशत र एभरेस्ट बैंकको ५.७५ प्रतिशत छ ।
कृषि विकासले एकदेखि पाँच वर्ष अवधिको मुद्दती निक्षेपमा उक्त ब्याजदर प्रस्ताव गर्दा एभरेस्टले दुई वर्ष माथिको निक्षेपमा उक्त ब्याजदर दिने भएको हो ।
हिमालयन बैंकले भने व्यक्तित मुद्दती निक्षेपको ब्याजदर जेठमा ७.५ प्रतिशत तोकेकोमा असारमा बढाएर ८.२५ प्रतिशत पु¥याएको छ । पाँचदेखि १० वर्ष अवधिको व्यक्तिगत मुद्दती निक्षेपमा बैंकले उक्त ब्याजदर दिने भएको हो ।
यस्तै ब्याजदर बढाउनेमा नबिल बैंकले ६.७५ प्रतिशतबाट ७ प्रतिशत पु¥याएको छ । उसले पाँच वर्ष माथिको व्यक्तिगत मुद्दती निक्षेपमा उक्त ब्याजदर तोकेको हो । माछापुच्छ्रे बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा तीन वर्षभन्दा माथि अवधिका लागि ७.५ प्रतिशत ब्याजदर दिने भएको छ । जेठमा अधिकतम ५.२६ प्रतिशत रहेको ब्याजदर बैंकले बढाएको हो ।
राष्ट्रिय वाणिज्य बैंक, नेपाल एसबीआई, लक्ष्मी सनराइज, ग्लोबल आईएमई, कुमारी, प्राइम, सानिमा, सिटिजन्स, एनएमबी र एनआईसी एसिया बैंकले भने ब्याजदर घटाएका छन् ।
बैंकहरूले व्यक्तिगत मुद्दती खातामा तोकेको अधिकतम ब्याजदर (प्रतिशतमा)
बैंक | जेठ २०८१ | असार २०८१ |
कृषि विकास | ५.६६६१ | ५.६६६१ |
एभरेस्ट | ६.५ | ५.७५ |
राष्ट्रिय वाणिज्य | ६.४ | ६.२२ |
एसबीआई | ६.३९ | ६.३० |
लक्ष्मी सनराइज | ७ | ६.५ |
ग्लोबल आईएमई | ७.५ | ६.५ |
कुमारी | ७.२६ | ६.५६ |
प्राइम | ७ | ६.७५ |
नेपाल | ६.७५ | ६.७५ |
सानिमा | ६.९ | ६.८ |
सिटिजन्स बैंक | ७ | ६.९ |
नबिल बैंक | ६.७५ | ७ |
इन्भेस्टमेन्ट मेगा | ७ | ७ |
सिद्धार्थ | ७ | ७ |
स्ट्यान्डर्ड चार्टर्ड | ७ | ७ |
माछापुच्छ्रे | ७.२६ | ७.५ |
प्रभु | ७.५ | ७.५ |
एनएमबी | ७.८ | ७.६९ |
एनआईसी एसिया | ७.८ | ७.६९ |
हिमालयन | ७.५ | ८.२५ |




