बैंकिङ खबर/नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार २० वटा वाणिज्य बैंकहरुको घरजग्गामा २ खर्ब १३ अर्ब २० करोड ४० लाख रूपैयाँभन्दा बढी लगानी घरजग्गामा गएको देखाएको छ । यो रकम आवासीय घरकर्जा बाहेकको रकम हो । पछिल्लो समय बैंकहरू व्यापारिक घरजग्गा कारोबारभन्दा आवासीय घरकर्जामा आकर्षित भएका छन् ।
गत साउनसम्म घरजग्गामा (रियल स्टेट) बैंकहरूले प्रवाह गरेको ऋण २ खर्ब ८ अर्ब ४७ करोड १० लाख रूपैयाँ थियो । चालू आर्थिक वर्ष ४ अर्ब ७३ करोड ३० लाख रुपैयाँ मात्र कर्जा प्रवाह भएको देखिन्छ । पछिल्लो समय घरजग्गा कारोबारमा आएको मन्दीका कारण ऋण उठ्न नसक्दा खराब कर्जा पनि बढिरहेको छ ।
वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये १२.१ प्रतिशत कर्जाको लागि चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) सुरक्षणको रूपमा रहेको छ भने ६८.५ प्रतिशत कर्जाको लागि घर जग्गा धितो सुरक्षण रहेको छ ।




