June 12th, 2024

महुली लघुवित्तको १२ औं स्थापना दिवसः वृक्षारोपण लगायत विविध कार्यक्रम सम्पन्न

बैंकिङ खबर/ महुली लघुवित्त वित्तीय संस्था लि.ले आफ्नो १२ औं स्थापना दिवसको अवसरमा वृक्षारोपण तथा विरुवा वितरण कार्यक्रम समपन्न गरेको छ । संस्थाले ३२ वटा जिल्लाका ६४ वटा शाखा कार्यालयमार्फत वृक्षारोपण तथा विरुवा वितरण कार्यक्रम समपन्न गरेको हो ।

विरुवा संरक्षणलाई मुख्य प्राथमिकतामा राखि संस्थाको केन्द्रीय कार्यालयले अग्नीसाइर कृष्णासवरन गाउँपालिका वडा नं २ को अग्नीसाइर मन्दिर परिसर र अग्नीसाइर कृष्णासवरन गाउँपालिका २ र १ वडाहरु शम्भुनाथ नगरपालिका वडा नं १ मा गरि करिब १५०० विरुवा, र वित्तीय संस्थाका अन्य शखा कार्यालहरुले सदस्यलाई विरुवा हस्तान्तरण गर्नुका साथै मन्दिर, स्कुल, अस्पताल परिसरमा करिब १०,००० वृक्षारोपण गरेका छन् ।

२०५७ साल देखि महुली सामुदायिक विकास केन्द्रबाट वित्तीय संस्थाको रुपमा लघुवित्त कार्यक्रम सञ्चालन गर्दै आइरहेकोमा नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार मिति २०६९ साल भदौ १७ गते कम्पनी रजिष्टार कार्यालयमा कम्पनी ऐन, २०६३ अन्र्तगत पब्लिक लि. कम्पनीको महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको रुपमा प्रवद्र्धन गरी  २०७० साल जेष्ठ ३० गते कम्पनि रिजिष्ट्रारको कार्यलयबाट कारोवार अनुमती प्राप्त गरि सोही मितिबाट महुली सामुदायिक विकास केन्द्रको लघुवित्त कार्यक्रम वित्तीय संस्थालाई हस्तान्तरण गरि कारोवार सञ्चालन गरेकोले कारोवार सञ्चालन मितिलाई नै आधार बनाएर हरेक वर्ष स्थापना दिवस मनाउदै आइरहको छ । यससँगै महुली लघुवित्त वित्तीय संस्था लि.को मातृ संस्था महुली समुदायिक विकास केन्द्रले समेत आफ्नो ३२ औं वर्षमा प्रवेश गरेको छ ।

सप्तरी जिल्लामै विभिन्न सामाजिक गतिविधि गर्दै आइरहेको महुली सामुदायिक विकास केन्द्र र महुली लघुवित्त वित्तीय संस्था लि.ले वृक्षारोपण गर्दै संयुक्त रुपमा स्थापना दिवस मनाएका छन् । दुबै संस्था भिन्दै प्रकृतिको भए पनि सप्तरी जिल्लामा समाजिक र आर्थिक गतिविधि संयुक्तरुपमा आयोजना गर्दे आइरहेका छन् ।

महुली लघुवित्त वित्तीय संस्था लि.ले विश्वव्यापी तापमान वृद्धि, वायु प्रदुषण लगाएत अन्य वातावरणीय समस्यालाई मध्य नजर गर्दै हरेक वर्ष वृक्षारोपण कार्यक्रमलाई विशेष प्रथमिकतामा राखि कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । १२ औं स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत गंगाधर पाण्डेले महुलीले समाजमा बेग्लै स्थान बनाउन सफल भएकोमा कर्मचारीहरुलाई विशेष धन्यवाद दिर्दै समुदाय र सेवाग्राही सदस्यहरु प्रति पारदर्शी र उत्तरदायी भइ छिटो, सरल, सहज सेवासँगै संस्थाको नारा सबैको लागी, सधैको लागी व्यवहारिकरुपमा लगु गर्न निर्देशन दिएका थिए ।