June 12th, 2024

सुर्योदय वोमी लघुवित्त रामपुर चौडाहा शाखाद्वारा डस्बिन वितरण


बैंकिङ खबर/ सुर्योदय वोमी लघुवित्त वित्तीय संस्था लि.ले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत लोकेश्वर बैरागनाथ खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थालाई २० थान डस्बिन हस्तान्तरण गरेको छ । यस संस्थाका अनुगमन अधिकृत जमिल खत्रीले खानेपानी संस्थाका सभापति गुप्ता बहादुर केसीलाई डस्बिन हस्तान्तरण गरे ।

उक्त हस्तान्तरण कार्यक्रममा बोल्दै सभापति केसीले लघुवित्तको सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको डस्बिन हस्तान्तरणले समाज गाउँ टोल सरसफाईमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे । केसीले समाज स्वच्छ र सरसफाईले समाज परिवर्तनमा भूमिकाबारे जानकारी गराएका थिए । कार्यक्रमका प्रमुख अथिति बसन्तराज दाहालले समाज र लघुवित्त बीचको सम्बन्ध बारेमा जानकारी गराएका थिए ।

आगामी दिनमा पनि संस्थाले सामाजिक उत्तरदायित्व यस्ता सहयोगहरु बढाउँदै लानेमा आशावादी रहेको बताएका थिए । परिवर्तन आमा समुहको प्रतिनिधि पवित्रा जिसिले लघुवित्तको कारणले समाजमा राम्रो कार्य गरेको वित्तीय चेतना बढाएको लघुवित्तबाट महिलाहरुले राम्रो लाभ लिएको महिला सशक्तिकरणमा भूमिका खेलेको र यस्ता अन्य सहयोग बढाउन आग्रह गरेकी थिइन् ।

कार्यक्रममा संस्थाका अनुगमन अधिकृत जमिल खत्रीले संस्थाको परिचय, लघुवित्तको समाजमा भूमिका समाजप्रतिको दायित्व र लघुवित्तले समाजमा ल्याएको परिवर्तन,वित्तीय चेतना, आगामि भूमिकाको बारेमा जानकारी गराएका थिए ।
श्री लोकेश्वर बैरागनाथ खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थासँगको समन्वयमा समुन्नत समाज विकासको लागि सहयोग गर्दै हातेमालो गर्न पाएकोमा खुशी व्यक्त गरे । उक्त कार्यक्रममा लघुवित्तका तीन वटै शाखाका शाखा प्रमुख र कर्मचारीहरु तथा सुनवल नपा ७ र ८ भित्रको आमा समुह र अन्य सस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

हाल सुर्योदय वोमी लघुवित्त वित्तीय संस्था लि.ललितपुर कर्पोरेट कार्यालय रही देशभरि नै १७३ वटा शाखा कार्यालयमार्फत करिब १ लाख ८५ हजार जना सदस्यलाई वित्तीय सेवा दिइरहेको शाखा कार्यालय तिलकपुरको शाखा प्रमुख सुन्दर थापा क्षेत्रीले जानकारी गराएका थिए ।