Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

ह्वात्तै घटे मेरो सेयरका प्रयोगकर्ता

२०८१ जेष्ठ ३० गते

बैंकिङ खबर/मेरो सेयर प्रयोगकर्ताको संख्यामा कमी आएको छ। दर्ता भएको संख्या र सक्रिय मेरो सेयरको संख्यामा झण्डै १७ लाखको अन्तर देखिएको हो।

सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार ५३ लाख ४३ हजार ९६४ जना प्रयोगकर्ता मेरो सेयरमा दर्ता भए पनि ३५ लाख ७३ हजार ४८३ जनाले मात्रै यो एप प्रयोग गरेका हुन्।

बाँकी १७ लाख ७० हजार ४७१ जनाले दर्ता भएर पनि एपको प्रयोग नगरेका हुन्। सीडीएससीका अनुसार मंगलबारसम्म ६२ लाख ९२ हजार ६७५ वटा डिम्याट खाता खोलिएका छन्।