June 12th, 2024

ह्वात्तै घटे मेरो सेयरका प्रयोगकर्ता

बैंकिङ खबर/मेरो सेयर प्रयोगकर्ताको संख्यामा कमी आएको छ। दर्ता भएको संख्या र सक्रिय मेरो सेयरको संख्यामा झण्डै १७ लाखको अन्तर देखिएको हो।

सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार ५३ लाख ४३ हजार ९६४ जना प्रयोगकर्ता मेरो सेयरमा दर्ता भए पनि ३५ लाख ७३ हजार ४८३ जनाले मात्रै यो एप प्रयोग गरेका हुन्।

बाँकी १७ लाख ७० हजार ४७१ जनाले दर्ता भएर पनि एपको प्रयोग नगरेका हुन्। सीडीएससीका अनुसार मंगलबारसम्म ६२ लाख ९२ हजार ६७५ वटा डिम्याट खाता खोलिएका छन्।