Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

चालु खाता एक खर्ब ९३ अर्ब र शोधनान्तर स्थिति झन्डै चार खर्ब बचतमा

२०८१ जेष्ठ २८ गते

बैंकिङ खबर/ चालु आर्थिक वर्ष २०८०/८१ मा चालु खाता र शोधनान्तर स्थिति बचतमा देखिएको छ । वैशाख मसान्तसम्म चालु खाता एक खर्ब ९३ अर्ब २५ करोड र शोधनान्तर स्थिति तीन खर्ब ९२ अर्ब ६४ करोड रुपैयाँले बचतमा छ ।

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनानुसार गत वर्ष घाटामा रहेको चालु खाता गएको वैशाख मसान्तसम्म बचतमा देखिएको हो । गत वर्षको वैशाख मसान्तसम्म चालु खाता ६३ अर्ब ७४ करोड रुपैयाँले घाटामा थियो ।

गत वर्ष शोधनान्तर स्थिति भने दुई खर्ब नौ अर्ब ४९ करोड रुपैयाँले बचतमा थियो । चालु खाता घाटाले अरू देशहरूबाट खुद सापटी लिइएको भन्ने बुझिन्छ । चालु खाता बचतमा रहे अरू देशहरूलाई खुद सापटी दिइएको भन्ने बुझिन्छ । चालु खाता घाटा सुधार हुँदै जानुले हाल नेपालले अरू देशहरूबाट लिएको खुद सापटी घटाउँदै गएको देखिन्छ ।