June 7th, 2024

धितोपत्र बोर्डको सबै सेवा बन्द

बैंकिङ खबर/नेपाल धितोपत्र बोर्डको सबै सेवा आज बन्द गरिएको जनाएको छ । बोर्डले सूचना जारी गर्दै ३२ औँ वार्षिकोत्सवको अवसरमा सबै कार्यालयको सेवा बन्द गरेको जनाएको हो ।

बोर्डले होटेल क्राउन इम्पेरियल, रविभवनमा ३२ औँ वार्षिकोत्सव कार्यक्रम आयोजना गरेको छ ।