Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

आफ्नो आम्दानी र खर्चको सही हिसाब गरेर मात्र कर्जा उपयोग गर्नुहोस्ः राष्ट्र बैंक

२०८१ जेष्ठ २२ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले आफ्नो आम्दानी र खर्चको सही हिसाब गरेरमात्र कर्जा उपयोग गर्न आग्रह गरेको छ। मंगलबार एक वित्तीय चेतनाका लागि एउटा सूचना जारी गर्दै राष्ट्र बैंकले यस्तो आग्रह गरेको हो।

बैंक तथा वित्तीय संस्थाले ऋणीको कर्जा भुक्तानी गर्न सक्ने क्षमताको विश्लेषण गर्दा ऋणीको आम्दानीको तुलनामा कर्जा भुक्तानीको दायित्व कति छ भनेर गणना गर्ने गर्दछन्। ऋणीको कर्जा भुक्तानी दायित्वलाई कुल आयले भाग गरेपछि आउने अनुपातलाई ‘ऋण भुक्तानी आम्दानी अनुपात’ भन्ने गरिन्छ।

बैंक तथा वित्तीय संस्थाले व्यक्तिगत प्रकृतिका आवधिक कर्जा तथा हायर पर्चेज कर्जालगायतका किस्ता भुक्तानीमा आधारित गैरव्यावसायिक कर्जा तथा व्यक्तिगत अधिविकर्ष कर्जामा ऋण भुक्तानी आम्दानी अनुपात अधिकतम ५० प्रतिशत हुनुपर्ने व्यवस्था छ।

घर–जग्गा खरिद/निर्माण प्रयोजनमा प्रवाहित कर्जामा भने यस्तो अनुपात अधिकतम ७० प्रतिशतसम्म हुने गरी कर्जा प्रदान गर्न सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ।