Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

दुई भुक्तानी सेवा प्रदायक संस्थाको बैंक खाता रोक्का

२०८१ जेष्ठ २१ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले दुई भुक्तानी सेवा प्रदायक संस्थाको बैंक खाता रोक्का गरेको छ । राष्ट्र बैंकले पेवेल नेपाल र सजिलो पे पेमेन्ट सर्भिसेजको बैंक खाता रोक्का गरेको हो । यी संस्थाबाट भैरहेका कारोवारहरु नियामकीय अनुपालना सम्बन्धी छानविनको क्रममा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यी संस्थाहरुको बैंक तथा वित्तीय संस्थामा रहेका खाताहरु अर्को निर्णय नभएसम्मका लागि रोक्का गरिएको हो । यसबाट ग्राहक महानुभावहरुमा पर्न जाने असुविधालाई सम्बोधन हुने गरी यथाशीघ्र छानविन सम्पन्न गरिने पनि राष्ट्र बैंकले जनाएको छ ।