June 2nd, 2024

आइपीओ र हकप्रद शेयर खुल्दै

बैंकिङ खबर/नेपाल धितोपत्र बोर्डले शर्त पुरा गर्ने कम्पनीहरुलाई प्राथमिक शेयर तथा हकप्रद शेयर निष्काश गर्न अनुमति दिने भएको छ।

विभिन्न नियमाकीय तथा संसदीय समितिले दिएको निर्देशनको परिधिभित्र रहेर ’पाइपलाइन’ मा रहेका कम्पनीलाई आईपीओ र हकप्रदको अनुमति दिन लागिएको हो ।

विभिन्न समयमा संसदीय लेखा तथा अर्थसमिति, अख्तियार र अर्थमन्त्रालयले दिएको निर्देशन भित्र रहेर पाइपलाइनमा रहेका कम्पनीलाई आईपीओ र हकप्रदको अनुमति केहि दिनमा दिइनेछ ।

आईपीओको हकमा प्रतिकित्ता १०० रुपैयाँ तोकिएका तथा हकप्रदको हकमा नेटवर्थ ९० रुपैयाँभन्दा बढी भएका पाइपलाइनमा भएका कम्पनीलाई अनुमति दिने जनाइएको छ।

धितोपत्र बोर्डको वेबसाइट आईपीओको पाइपलाइनमा रहेका कम्पनीको संख्या करिब ३५ र हकप्रदको पाइपलाइनमा भएका कम्पनीको संख्या करिब १३ छन्।