May 28th, 2024

नेप्सेको पुनर्संरचना गरिने, ठूला कम्पनीलाई सूचीकरण गराइने

बैंकिङ खबर/ सरकारले बजेटमार्फत नेप्सेको पुनर्संरचना गर्ने घोषणा गरेको छ । देशमा अर्को स्टक एक्स्चेन्ज संचालन गर्ने/नगर्ने विषयमा वहस चलेका बेला बजेटले नेप्सेको पुर्नसंरचना गर्ने घोषणा गरेको हो ।

नेप्सेले विदेशी रणनीतिक साझेदार, स्वदेशका उद्योगी व्यवसायी तथा सर्वसाधारणमा सेयर जारी गरी पुर्नसंरचना गर्नुपर्ने सुझाव दिएको थियो । सो सुझावअनुसार बजेटमा सम्बोधन गरिएको छ । त्यस्तै धितोपत्र बोर्डको संस्थागत सुदृढीकरण गरिने, सीडीएससीको संरचनागत सुधार गरिने बजेटमा उल्लेख छ ।

निश्चित रकमभन्दा बढी पूँजी भएका कम्पनीलाई अनिवार्य रुपमा सूचीकरण हुनुपर्ने व्यवस्था गरिने बजेटमा उल्लेख छ । यद्यपि पूँजीको आकार भने तोकिएको छैन ।