Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

कुमारी बैंकको ७.१७ लाख बढी कित्ता शेयर बिक्रीमा

२०८१ जेष्ठ ९ गते

बैंकिङ खबर/ कुमारी बैंकको ७ लाख १७ हजार बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकको ७ लाख १७ हजार ४४० कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो।

बिक्रीमा राखिएको शेयरमा हाललाई संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। यसका लागि ३५ दिनको समय दिइएको छ। इच्छुक संस्थापक शेयरधनीले काठमाडौंको टंगालस्थित कुमारी बैंकको प्रधान कार्यालय र नक्सालस्थित कुमारी क्यापिटलमा खरिद आवेदन दिन सक्नेछन्।

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।