Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

लक्ष्मी लघुवित्तका सेयरधनीलाई १० प्रतिशत लाभांश, हकप्रद सेयरधनीले पनि पाउने

२०७३ मंसिर ३ गते
सेयर:

laxmiलक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीलाई १० प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव अघि सारेको हो । कम्पनीले उक्त अनुपातमा लाभांश दिने सुचना शुक्रबार नेपाल स्टक एक्सचेञ्जलाई जानकारी दिएको हो ।

कम्पनीले शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर जारी गरेको छ । यो हकप्रद शेयरधनीले समेत पाउने गरी १० प्रतिशतका दरले नगद लाभांश प्राप्त गर्ने कम्पनीले जनाएको छ । हकप्रद शेयरधनीलाई हिसाब नगर्दा भने २० प्रतिशत नगद लाभांश हुने कम्पनीले जानकारी गराएको छ ।

प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंकबाट स्विकृत भई कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले पाउनेछन् ।