May 13th, 2024

अर्थतन्त्र शिथिल हुनुमा राष्ट्र बैंकको भूमिका छैनः गभर्नर

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले देशको अर्थतन्त्र शिथिल रहे पनि संकटमा नरहेको स्पष्ट पारेका छन् । काठमाडौंमा आइतबार एक कार्यक्रममा उनले आइतबार सार्वजनिक गरेको ९ महिनाको तथ्यांकले १९ खर्ब ११ अर्ब विदेशी विनिमय मुद्रा सञ्चिति रहेको देखाएको भन्दै बाह्य क्षेत्र सबल रहेको बताए । सहकारी लगायत विविध कारणले अर्थतन्त्र शिथिल भएको उनको भनाइ छ ।

चाहिएको समयमा जुनसुकै बेला विदेशी मुद्रा खर्च गर्न सकिने अवस्था रहेको गभर्नर अधिकारीको भनाइ छ । विदेशी विनिमय मुद्रा सञ्चितिले १५ महिनाको वस्तु आयात र १२.५ महिनाको वस्तु तथा सेवा आयात गर्न सकिने अवस्था रहेको पनि अधिकारीले बताए ।

अर्थतन्त्र शिथिल हुनुमा राष्ट्र बैंकको भूमिका नरहेको उनको दाबी थियो । साथै अर्थतन्त्रलाई चलायमान बनाउन नीतिगत स्थिरता हुनुपर्ने उनको भनाइ थियो । अधिकारीले बैंकहरूको ऋण योग्य ब्याजदर घट्नाले त्यससँग सम्बन्धित उद्योगहरुमा प्रत्यक्ष रुपमा प्रभाव परेको बताएका थिए ।