Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

राष्ट्र बैंकका ६ कार्यकारी निर्देशकको सरुवा

admin २०८१ बैशाख २६ गते
सेयर:

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरुको सरुवा भएको छ। राष्ट्र बैंकका अनुसार  वैशाख २६ गतेदेखि लागु हुने गरि ६ वटा विभागको कार्यकारी निर्देशकको सरुवा गरिएको हो।

 बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक देव कुमार ढकाल वित्त व्यवस्थापन विभागमा सरुवा भएका छन् । वित्त व्यवस्थापन विभागका कार्यकारी निर्देशक रामु पौडेल बैंक सुपरिवेक्षण विभागमा सरुवा भएका छन्।

यसैगरी, मानव संशाधन विभागका प्रमुख मुकुन्द कुमार क्षेत्री सूचना प्रविधि विभागमा सरुवा हुँदा सूचना प्रविधि विभागका प्रमुख नरेश शाक्य मानव संशाधनमा आएका छन् ।

त्यसैगरी, लघुवित्त सुपरिवेक्षण विभागमा रहेका रेवती प्रसाद नेपाल आन्तरिक लेखा विभागमा आएका छन् भने आन्तरिक लेखा विभागका प्रमुख बिमलराज खनाल लघुवित्त सुपरिवेक्षण विभागमा सरुवा भएका छन्।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।