May 8th, 2024

वाणिज्य बैंकहरूको कुल निष्क्रिय कर्जा बढ्दै, कुन बैंकको कति ?(सूचीसहित)

बैंकिङ खबर/ वाणिज्य बैंकहरूको कुल निष्क्रिय कर्जा बढ्दै गएको छ । चालु आव तेस्रो त्रैमाससम्म २० वाणिज्य बैंकमध्ये लक्ष्मी सनराइज बैंकको कुल निष्क्रिय कर्जा अनुपात ५.४९ प्रतिशत पुगेको छ । वाणिज्य बैंकहरूको औसत निष्क्रिय कर्जा अनुपात नै करिब ४ प्रतिशत नजिक पुगेको छ । कुल निष्क्रिय कर्जा करिब साढे ५ प्रतिशत पुगेको लक्ष्मी सनराइजको खुद निष्क्रिय कर्जा सबैभन्दा धेरै २.३६ प्रतिशत मात्रै छ ।

आठ वाणिज्य बैंकको खुद निष्क्रिय कर्जा एक प्रतिशतभन्दा कम छ । नेपाल राष्ट्र बैंकले पुस २०२८० देखि वाणिज्य बैंकहरूको खुद निष्क्रिय कर्जा अनुपात तथ्यांक संकलन गरी प्रकाशित गर्न सुरु गरेको थियो ।

पुसमा २० मध्ये सात बैंकको खुद निष्क्रिय कर्जा १ प्रतिशतभन्दा कम थियो । २०८० चैत मसान्तमा एभरेस्ट बैंकको खुद निष्क्रिय कर्जा अनुपात सबैभन्दा कम ०.२१ प्रतिशत मात्रै छ । कुल निष्क्रिय कर्जा ०.७० प्रतिशत रहेकोमा बैंकहरूले गरेको प्रोभिजनपछिको खुद निष्क्रिय कर्जा ०.२१ प्रतिशत मात्रै छ ।

कुल निष्क्रिय कर्जा १.९८ प्रतिशत रहेको नेपाल एसबीआई बैंकको खुद निष्क्रिय कर्जा ०.२३ प्रतिशत छ । यस्तै ४.९४ प्रतिशत कुल निष्क्रिय कर्जा रहेको कुमारीको खुद निष्क्रिय कर्जा भने ०.४ प्रतिशत मात्रै छ ।

त्यस्तै १.८९ प्रतिशत कुल निष्क्रिय कर्जा रहेको सानिमा बैंकको खुद निष्क्रिय कर्जा ०.६९ प्रतिशत, ४.९६ प्रतिशत कुल निष्क्रिय कर्जा अनुपात रहेको हिमालयनको खुद निष्क्रिय कर्जा ०.७३ प्रतिशत र ३.३ प्रतिशत कुल निष्क्रिय कर्जा रहेको कृषि विकास बैंकको खुद निष्क्रिय कर्जा ०.९३ प्रतिशत छ ।

त्यसैगरी २.१४ प्रतिशत कुल निष्क्रिय कर्जा रहेको स्ट्यान्डर्ड चार्टर्डको खुद निष्क्रिय कर्जा ०.९६ प्रतिशत, २.५२ प्रतिशत कुल निष्क्रिय कर्जा रहेको सिद्धार्थको खुद निष्क्रिय कर्जा अनुपात ०.९८ प्रतिशत छ ।

एनएमबीको कुल निष्क्रिय कर्जा २.८६ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात १.०४ प्रतिशत छ । प्राइम कमर्सियलको कुल निष्क्रिय कर्जा ४.२९ प्रतिशत र खुद निष्क्रिय कर्जा १.०८ प्रतिशत, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको कुल निष्क्रिय कर्जा ४.६६ प्रतिशत छ, तर खुद निष्क्रिय कर्जा १.१२ प्रतिशत छ ।

प्रभुको कुल निष्क्रिय कर्जा ४.८१ प्रतिशत र खुद निष्क्रिय कर्जा १.१९ प्रतिशत, माछापुच्छै्रको कुल निष्क्रिय कर्जा ३.६८ प्रतिशत र खुद निष्क्रिय कर्जा १.२२ प्रतिशत छ ।

त्यस्तै नबिलको कुल निष्क्रिय कर्जा ४.०४ प्रतिशत र खुद निष्क्रिय कर्जा १.३३ प्रतिशत र नेपाल बैंकको कुल निष्क्रिय कर्जा ४.८५ प्रतिशत र खुद निष्क्रिय कर्जा १.५ प्रतिशत छ ।

राष्ट्रिय वाणिज्य बैंकको कुल निष्क्रिय कर्जा ४.३ प्रतिशत र खुद निष्क्रिय कर्जा १.५४ प्रतिशत, एनआईसी एसियाको कुल निष्क्रिय कर्जा ३.०८ प्रतिशत र खुद निष्क्रिय कर्जा १.७६ प्रतिशत छ ।

त्यस्तै सिटिजन्सको कुल निष्क्रिय कर्जा ३.७६ प्रतिशत र खुद निष्क्रिय कर्जा १.७६ प्रतिशत, ग्लोबल आईएमई बैंकको कुल निष्क्रिय कर्जा ४.७४ प्रतिशत र खुद निष्क्रिय कर्जा १.७९ प्रतिशत छ ।