May 2nd, 2024

मेरो माइक्रोफाइनान्सको खुद नाफा ८४६.३०% ले बढ्यो

बैंकिङ खबर/मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा ८४६.३० प्रतिशतले बढेको छ । लघुवित्तको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार पहिलो ९ महिनासम्म लघुवित्तले १२ करोड ३८ लाख ४२ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८४६.३० प्रतिशत बढी हो। समिक्षा अवधिमा लघुवित्तको नाफा १ करोड ३० लाख ८७ हजार रुपैयाँ थियो।

लघुवित्तको सञ्चालन नाफा १ हजार १८६ प्रतिशतले बढेर १७ करोड ५८ लाख ८४ हजारमा संकुचित बनेको छ । त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा १५.६७ प्रतिशतले बढेर ६९ करोड ९४ लाख ६९ हजार पुगेको छ ।

तेस्रो त्रैमाससम्मसम्म कम्पनीको वितरणयोग्य नाफा ९ करोड ३७ लाख २५ हजार रहेको छ । लघुवित्तको खराब कर्जा अनुपात १.४९ अनुपातले घटेर ७।६१ मा सिमित भएको छ । खराब कर्जा घटेसँगै इम्पेयरमेन्ट चार्ज पनि घटेको छ । लघुवित्तको इम्पेरमेन्ट चार्ज १३ करोड ४९ लाख ८० हजारबाट घटेर ३ करोड ८८ लाख ७ हजार रुपैयाँमा झरेको छ ।

चुक्ता पुँजी १ अर्ब ३२ करोड रहेको कम्पनीको वार्षिक प्रति सेयर आम्दानी प्रतिसेयर आम्दनी ११ रुपैयाँ १९ पैसाले बढेर १२ रुपैयाँ ५१ पैसा पुगेको छ भने प्रति सेयर नेटवर्थ १५३ रुपैयाँ ७२ पैसा र मूल्य आम्दानी अनुपात ४९.३२ गुणा रहेको छ। कम्पनीको रिटेन्ड अर्निङ ९ करोड ३७ लाख २५ हजार र जगेडा कोष रकम ७० करोड ९१ लाख ३५ हजार रुपैयाँ सञ्चित छ ।

लघुवित्तको खुद ब्याज आम्दानी १५.५५ प्रतिशतले बढेर ६० करोड ९२ लाख ५८ हजार र खुद फि तथा कमिशन आम्दानी १६.३४ प्रतिशत बढेर ९ करोड ४८ हजारमा सिमित भएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]