April 30th, 2024

बैंकिङ प्रणालीको निक्षेप एकै दिन २ अर्ब घट्यो

बैंकिङ खबर/ बैंकिङ प्रणालीको निक्षेप एकै दिन २ अर्ब रुपैयाँले घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार वैशाख १५ गते बैंकिङ प्रणालीबाट २ अर्ब रुपैयाँ बाहिरिएको हो ।

केन्द्रीय बैंकको तथ्यांक अनुसार वैशाख १५ गतेसम्म बैंकिङ प्रणालीमा ६१ खर्ब ३५ अर्ब रुपैयाँबराबरको निक्षेप संकलन रहेको छ । वैशाख १४ गतेसम्म भने बैंकिङ प्रणालीमा ६१ खर्ब ३७ अर्ब रुपैयाँ निक्षेप रहेको थियो ।

वाणिज्य बैंकहरुको निक्षेप पनि २ अर्ब रुपैयाँले घटेको छ । कुल निक्षेपमा वाणिज्य बैंकहरुको निक्षेप ५४ खर्ब २२ अर्ब रुपैयाँ रहेको छ । वैशाख १४ गतेका दिन वाणिज्य बैंकहरुको कुल निक्षेप ५४ खर्ब २४ अर्ब रहेको थियो ।

यस्तै अन्य वित्तीय संस्थाको निक्षेप भने स्थिर रहेको छ । अन्य वित्तीय संस्थाको निक्षेप ७ खर्ब १३ अर्ब रुपैयाँ रहेको छ । बैंकिङ क्षेत्रको कुल कर्जा प्रवाह पनि स्थिर नै छ । वैशाख १४ गतेसम्म ५१ खर्ब ३ अर्ब रहेको कर्जा प्रवाह वैशाख १५ गतेसम्म पनि त्यति नै रहेको छ । सीडी रेसियो ८०.८१ प्रतिशतबाट घटेर ८०.७७ प्रतिशत कायम भएको छ । अन्तरबैंक ब्याजदर भने स्थिर अर्थात २.८० प्रतिशत रहेको छ ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]