Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकहरुले स्थानीय तहमा जाने पैसालाई निक्षेपको रुपमा गणना गर्न नपाउने

२०८० चैत्र २० गते

बैंकिङ खबर/बैंकहरुले स्थानीय तहमा जाने पैसालाई निक्षेपको रुपमा गणना गर्न नपाउने भएका छन्। अर्थ मन्त्रालयले स्थानीय तहमा जाने पैसालाई निक्षेपको रुपमा गणना गर्न नदिने निर्णय गरेको हो। अहिले बैंकहरुले स्थानीय तहमा जाने पैसाको ६० प्रतिशत रकम निक्षेपको रुपमा गणना गर्न पाउँथे।

यसअघिका अर्थमन्त्री प्रकाशशरण महतले ६० प्रतिशत रकम निक्षेपको रुपमा गणना गर्न पाउने निर्णय गरेको थिए। अर्थमन्त्री महतले चैत मसान्तसम्म ६० प्रतिशत रकम निक्षेपको रुपमा गणना गर्न पाउने व्यवस्था गरेका थिए। तर नयाँ अर्थमन्त्री आउने वित्तीकै सो व्यवस्था हटाइएको छ।

माओवादीकै पूर्बअर्थमन्त्री जनार्दन शर्माले स्थानीय तहमा जाने निक्षेपको ८० प्रतिशत पैसा बैंकहरुलाई निक्षेपको रुपमा गणना गर्न दिने व्यस्था गरेका थिए। सो पश्चात प्रकाश शरण महतले यो सीमालाई केहि घटाएका थिए भने अहिले अर्थमन्त्री वर्षमान पुनले यस व्यवस्थालाई पूर्ण रुपमा नै हटाएका हुन्। अर्थ मन्त्रालयले वाणिज्य बैंकहरुलाई स्थानीय तहमा जाने अनुदान रकम निक्षेपको रुपमा गणना गर्न गर्न नदिने सोमबार नै नेपाल राष्ट्र बैंकलाई पत्राचार गरिसकेको छ। पछिल्लाे समय बैंकहरुमा लगानीयोग्य रकम अधिक भएर सिडि रेशियो ८० प्रतिशतभन्दा पनि तल झरेको अवस्था थियो। यसले गर्दा अर्थमन्त्रालयले अहिलेलाई स्थानीय तहमा जाने पैसा निक्षेपमा गणना गर्न नदिने निर्णय गरेको हो।