March 30th, 2024

एन आइ सी एसिया लघुवित्त वित्तीय संस्थाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

बैंकिङ खबर/एन आइ सी एसिया लघुवित्त वित्तीय संस्था शाखा कार्यालय मगरागडीको समुह प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम शनिवार बारबर्दिया नगरपालिका–५, मगरागडीमा सम्पन्न भएको छ । समुह प्रमुख चमेली चौधरीको अध्यक्षता एवम् एन.आइ.सी. एसिया लघुवित्त वित्तीय संस्थाका प्रदेश प्रमुख प्रकाश पराजुलीको प्रमुख आतिथ्यता, अनुगमन अधिकृत मधुसुदन निरौला, बारबर्दिया नपा ५का वडा सदस्य बिश्राम थारु ,शाखा प्रमुख शिव विकको उपस्थिति एवम समुह प्रमुखहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा वित्तीय संस्थाको परिचय, महत्त्व तथा आवश्यकता, बचत तथा ऋण प्रवाह, कर्जाको सहि सदुपयोग कसरी गर्ने लगायतका विषयमा जानकारी गराइएको थियो । वित्तीय संस्थाका विषयमा बाहिर आइरहेका नकारात्मक टिकाटिप्पणीको चिरफार गर्न तथा संस्थाले सेवा सुविधा र कर्जाको प्रयोग कसरी गर्ने भन्ने उद्देश बनाएर सदस्यहरूलाई सचेतना प्रदान गर्न कार्यक्रम आयोजना गरिएको एन.आइ.सी. एसिया लघुवित्त वित्तीय संस्थाका प्रदेश प्रमुख प्रकाश पराजुलीले बताएका छन् । साथै कार्यक्रममा शाखा कार्यालय मगरागडीका उत्कृष्ट समूह तथा सदस्यहरूलाई सम्मान समेत गरिएको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]