March 29th, 2024

भारतको विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च

बैंकिङ खबर/भारतको विदेशी मुद्रा सञ्चिति मार्च १५ मा समाप्त भएको हप्तामा ६४२.४९ अर्ब अमेरिकी डलर पुगेको छ । देशको केन्द्रीय बैंकले यो अहिलेसम्मकै उच्च रहेको बताएको छ । भारतको विदेशी मुद्रा सञ्चितिमा वृद्धि भएको यो लगातार चौथो साता हो । भारतीय रिजर्भ बैंककाअनुसार मार्च १५ मा समाप्त भएको सातामा विदेशी मुद्रा सञ्चिति झन्डै ६ अर्ब ४ करोड डलरले बढेको छ ।

यस हप्तामा विदेशी मुद्रा सम्पत्ति ५६८ अर्ब ३८६ अर्ब डलर रहेको छ भने सुनको सञ्चिति ५१ अर्ब १४ करोड डलर रहेको तथ्यांकले देखाएको छ । भारतीय रुपैयाँ अमेरिकी डलरको तुलनामा यसको न्युन स्तर ८३.४३ मा झरेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]