March 26th, 2024

३९ अर्बले बढ्यो नगद प्रवाह

बैंकिङ खबर/ चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा बजारमा नगद प्रवाह ३९ अर्बले बढेको छ । अघिल्लो आर्थिक वर्षको असार मसान्तमा बजारमा परिचालित कूल नगद प्रवाह ६ खर्ब २५ अर्ब ७८ करोड ७८ लाख ७२ हजार ५३० रुपैयाँ रहेको थियो ।

तर, फागुन मसान्तसम्म आइपुग्दा यस्तो नगद प्रवाह बढेर ६ खर्ब ६४ अर्ब ८७ करोड ८८ लाख ९ हजार ८३५ रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ । समीक्षा अवधिमा नगद प्रवाह ३९ अर्ब ९ करोड ९ लाख ३७ हजार ३०५ रुपैयाँले बढेको छ । आर्थिक गतिविधि बढ्न थालेसँगै बजारमा नगद प्रवाह बढ्ने गर्छ । यसले केही आर्थिक गतिशीलता बढेको अनुमान गर्न सकिन्छ ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]