Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

एकैदिन रु.६ अर्बले बढ्यो निक्षेप, सीडी रेसियो कति ?

२०८० चैत्र १३ गते

बैंकिङ खबर/  बैंकिङ प्रणालीमा एकैदिन ६ अर्ब रुपैयाँले निक्षेप वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार बुधबारसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ६१ खर्ब ८६ अर्ब रुपैयाँ रहेकोमा बिहीबारसम्म बढेर ६१ खर्ब ९२ अर्ब पुगेको हो।

त्यस्तै बुधबारसम्म बैंक तथा वित्तीय संस्थाको कुल कर्जा प्रवाह ५० खर्ब ८१ अर्ब रुपैयाँ रहेकोमा बिहीबारसम्म घटेर ५० खर्ब ८० अर्ब रुपैयाँ झरेको छ। कर्जा प्रवाह १ अर्बले घटेको हो।

बिहीबारसम्म वाणिज्य बैंकहरुमा कुल निक्षेप ५४ खर्ब ७९ अर्ब रुपैयाँ पुगेको छ भने वाणिज्य बैंकहरुबाट कुल ४४ खर्ब ९६ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ।

बैंकहरुको औसत सीडी रेसियो घटेर ७९.६४ प्रतिशत कायम भएको छ भने अन्तरबैंक ब्याजदर २.७५ प्रतिशत रहेको छ। अघिल्लो दिन सीडी रेसियो ७९.७३ प्रतिशत थियो।