बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तान्ने भएको छ । बिहीबार मात्र राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ तानेको थियो ।
चैतमा यो दोस्रोपटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै केन्द्रीय बैंकले बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तान्न लागेको हो। राष्ट्र बैंकले यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने जनाएको छ।
निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। यो २१ दिने निक्षेप संकलन उपकरणको चैत ३० गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।
तरलता व्यवस्थापन गर्नकै लागि राष्ट्र बैंकले हिजो चैत ८ गते र गत फागुन २४ गते पनि एकैपटक ५०–५० अर्ब रुपैयाँ तानेको थियो। त्यसअघि माघमा ९ पटक, पुसमा १० पटक र मंसिरमा ८ पटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट तरलता प्रशोचन गरेको थियो।




