Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

शेयर धितो कर्जामा लिने ब्याजदर सस्तिँदै

२०८० चैत्र ५ गते

बैंकिङ खबर/ पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुबाट शेयर धितो कर्जा प्रवाह बढ्न थालेको छ। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामार्फत शेयर धितो कर्जाको जोखिम भार घटाएको थियो।

हाल ५० लाख रुपैयाँभन्दा माथिको शेयर धितो कर्जामा १२५ प्रतिशत जोखिम भार कायम गरिएको छ। यसअघि ५० लाख रुपैयाँभन्दा माथिको कर्जामा १५० जोखिम भार कायम गरिएको थियो।

राष्ट्र बैंक लचिलो बन्दै जानुले बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाह हुने शेयर धितो कर्जा पनि बढ्न थालेको हो। बैंक तथा वित्तीय संस्थाबाट चालु आर्थिक वर्षको ७ महिना माघसम्म शेयर धितोमा ८५ अर्ब १७ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह भएको छ। जुन असार मसान्तसम्मको तुलनामा ११.६ प्रतिशतले बढी हो। असार मसान्तमा शेयर धितो कर्जा ७६ अर्ब ३० करोड ८३ रुपैयाँ थियो।

बैंकहरुले शेयर धितो कर्जामा लिने ब्याजदर पनि सस्तिँदै गएको छ। हाल सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरुमध्ये १७ वटाको आधारदर सिंगल डिजिटलमा झरेको छ। कुमारी, हिमालयन र प्राइम कमर्सियल बैंकको मात्रै आधारदर १० प्रतिशत माथि रहेको छ।

एनआईसी एसिया, सिजिटन्स, लक्ष्मी सनराइज माछापुच्छ्रे, ग्लोबल आइएमई नेपाल एसबीआई, प्रभु, सानिमा, नेपाल इन्भेस्टमेन्ट मेगा, सिद्धार्थ र कृषि विकास बैंकको आधारदर ९ प्रतिशत माथि रहेको छ। एभरेष्ट, नबिल र नेपाल बैंकको ८ प्रतिशत माथि र स्ट्यान्डर्ड चार्टर्ड तथा राष्ट्रिय वाणिज्य बैंकको आधारदर ८ प्रतिशत तल रहेको छ।