रबि काफ्ले
पछिल्लो समय अनलाइन बैंकिङको प्रयोग दिन प्रतिदिन बढिरहेको छ । बैंक तथा वित्तीय संस्थाहरूले बढी सुरक्षित हुने भन्दै प्रयोगकर्तालाई डिजिटल प्लेटफर्म मार्फत नै कारोबार गर्न प्रोत्साहन गरिरहेका छन् ।
छिटो र सजिलो माध्यम बनिरहेको अनलाइन बैंकिङ खाना खाँदादेखि सपिङ गर्दा वा घुम्न जाँदासम्म पनि प्रयोग हुने गर्छ । क्यास पैसा पछिल्लाे समय बाेक्ने चलन नै हराउन लाग्याे भन्दा पनि फरक नपर्ला । तर, कतिपय अवस्थामा अनलाइनबाट कारोबार गरिरहँदा धेरै कुराहरूमा सजग हुनुपर्छ । अन्यथा धेरै अकाउन्टहरू ह्याक भएर पैसा हरायो भन्ने गरेका समाचारहरू पनि दैनिक रूपमा बढिरहेका छन् ।
अनलाइन बैंकिङ प्रयोग गर्दा ध्यान दिनु पर्ने कुराहरू
– अनलाइन बैंकिङको प्रयोग गर्नुअगाडि बैंकको अनलाइन बैंकिङसम्बन्धी नियम प्रक्रियाबारे सम्बन्धित बैंकसँग वा जानेको व्यक्तिहरूसँग पूर्ण जानकारी लिने ।
– अनलाइन बैंकिङ सेवा प्रयोग गर्दा सम्बन्धित बैंकको आधिकारिक वेबसाइट तथा आधिकारिक मोबाइल एप पहिचान गरेर मात्र प्रयोग गर्ने ।
– आफ्नो बैंक स्टेटमेन्ट नियमित चेक गर्ने ।
– आफ्नो बैंक खाता नम्बर, पासवर्ड, पिन कोड तथा ओटीपीजस्ता कुराहरू अरूलाई सेयर नगर्ने ।
– अनलाइन बैंकिङको लागि बलियो पासवर्डको प्रयोग गर्ने र समय समयमा आफ्नो पासवर्ड परिवर्तन गरी रहने ।
– आफ्नो बैंक खातामा कुनै शङ्कास्पद गतिविधि देखिए तुरुन्त बैङ्कमा सम्पर्क गर्ने ।
काफ्ले सिटिजन्स बैंक कालिकानगर बुटवलमा कार्यरत छन् ।




