Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

निक्षेप स्थिर, कर्जा घट्यो, सीडी रेसियो कति ?

२०८० फाल्गुन २५ गते

बैंकिङ खबर/ बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप स्थिर मंगलबार रहेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार सोमबारसम्म ६१ खर्ब ७३ अर्ब रहेको निक्षेप मंगलबार कुनै परिवर्तन भएन । त्यस्तै सोमबारसम्म कर्जा प्रवाह ५० खर्ब ९० अर्ब रुपैयाँ रहेकोमा मंगलबार ५० खर्ब ८९ अर्ब पुगेको हो। एकैदिनमा कर्जा प्रवाह १ अर्ब रुपैयाँले घटेको छ ।

मंगलबारसम्म वाणिज्य बैंकमा निक्षेप ५४ खर्ब ५७ अर्ब रुपैयाँ पुगेको छ भने वाणिज्य बैंकबाट ४५ खर्ब २ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ ।

सीडी रेसियो ८०.०३ प्रतिशत कायम भएको छ भने अन्तरबैंक ब्याजदर २.७७ प्रतिशत छ । एक दिनको अवधिमा सीडी रेसियोमा कुनै परिवर्तन भएन ।