Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

१३ अर्ब बढीको आन्तरिक ऋण नवीकरण गर्दै राष्ट्र बैंक, आज बोलकबोल

२०८० फाल्गुन २१ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले १३ अर्ब रुपैयाँ बढीको आन्तरिक ऋण नवीकरण गर्ने भएको छ।

राष्ट्र बैंकले १३ अर्ब ४ करोड ५० लाख रुपैयाँबराबरको ट्रेजरी बिल नवीकरण गर्ने भएको हो। जसमा ९१ दिने ६ अर्ब ४ करोड ५० लाख रुपैयाँको र १८२ दिने ७ अर्ब रुपैयाँ ट्रेजरी बिल रहेका छन्। यी ट्रेजरी क्रमशः २०८१ जेठ २२ गते र २०८१ भदौ १८ गते परिपक्व हुनेछन्।

यी ट्रेजरी बिल फागुन २२ गते जारी हुनेछ। यसको बोलकबोल भोलि सोमबार फागुन २१ गते दिउँसो ३ बजे हुनेछ।

ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। सोही प्रयोजनका लागि राष्ट्र बैंकले ट्रेजरी बिल नवीकरण गर्न लागेको हो।