Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बजारमा साढे ६ खर्ब नगद परिचालन, सरकारी कोषमा रु. १.८४ खर्ब

२०८० फाल्गुन १४ गते

बैंकिङ खबर/ बजारमा नगद परिचालन ४ प्रतिशत बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार बजारमा माघसम्म ६ खर्ब ५२ अर्ब ६२ करोड रुपैयाँ नगद परिचालन रहेको छ। गत असारसम्म बजारमा ६ खर्ब २५ अर्ब ७८ करोड रुपैयाँ नगद परिचालन थियो। यो हिसाबले पछिल्लो ५ महिनामा नगद परिचालन ४.२९ प्रतिशतले बढेको छ।

यो ७ महिनामा सरकारी कोष ३०८.५६ प्रतिशतले बढेको छ। गत असारसम्म सरकारी कोषमा ४५ अर्ब ८ करोड रुपैयाँ थियो। माघसम्म सरकारी कोषको आकार बढेर १ खर्ब ८४ अर्ब २२ करोड रुपैयाँको उचाइमा पुगेको छ।

पुससम्म राष्ट्र बैंकको रिजर्भमा ५ खर्ब १६ अर्ब ५५ करोड रुपैयाँ रहेको छ। गत असारसम्म रिजर्भमा ४ खर्ब ६४ अर्ब ९५ करोड रुपैयाँ थियो।
आईएमएफसँग सम्बन्धित दायित्व ३८ अर्ब ३७ करोड ८४ लाख रुपैयाँ रहेको छ।