Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

अन्तरबैंक ब्याजदर ३ प्रतिशत तल

२०८० फाल्गुन १३ गते

बैंकिङ खबर/बैंकिङ प्रणालीमा एकैदिन १ अर्ब रुपैयाँले निक्षेप घटेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार मंगलबारसम्म ६१ खर्ब ६३ अर्ब रुपैयाँ रहेको निक्षेप बुधबारसम्म घटेर ६१ खर्ब ६२ अर्ब रुपैयाँमा झरेको छ। त्यस्तै मंगलबारसम्म कर्जा प्रवाह ५० खर्ब ८९ अर्ब रुपैयाँ रहेकोमा बुधबारसम्म घटेर ५० खर्ब ८८ अर्ब रुपैयाँमा ओर्लेको छ।

एकैदिनमा कर्जा प्रवाह १ अर्ब रुपैयाँले घटेको छ। बुधबारसम्म वाणिज्य बैंकको कुल निक्षेप ५४ खर्ब ४७ अर्ब रुपैयाँ कुल कर्जा लगानी ४५ खर्ब २ अर्ब रुपैयाँ रहेको छ। बैंकहरुको सीडी रेसियो घट्दै ८०.१९ प्रतिशत कायम भएको छ भने अन्तरबैंक ब्याजदर २.९० प्रतिशत छ। अघिल्लो दिन सीडी रेसियो ८०.२० प्रतिशत थियो।