Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बचतको ब्याजदर ३ प्रतिशत भन्दा कम हुने बैंक तथा वित्तीय संस्थाले स्थायी निक्षेप सुविधा नपाउने

२०८० फाल्गुन ४ गते

बैंकिङ खबर/बैंक तथा वित्तीय संस्थाले बचत निक्षेपको ब्याजदर न्यूनतम ३ प्रतिशत कायम गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले दिने स्थायी निक्षेप सुविधाका लागि भएपनि बचत निक्षेपको न्यूनतम ब्याजदर ३ प्रतिशत कायम गर्नुपर्ने भएको हो ।

केन्द्रीय बैंकले फागुन १ गते देखि स्थायी निक्षेप सुविधाको सुरुवात गरेको छ । सो अनुसार फागुन २ गते बैंक तथा वित्तीय संस्थाले २७ अर्ब ८५ करोड रुपैयाँ केन्द्रीय बैंकमा निक्षेप राखेका छन् । बैंक तथा वित्तीय संस्थामा अधिक तरलता भएको खण्डमा सिधै केन्द्रीय बैंकमा निक्षेप राख्न सकिने सुविधा नै स्थायी निक्षेप सुविधा हो ।

केन्द्रीय बैंकले अधिक तरलता भएको समयमा बचत निक्षेपकर्तालाई न्याय गर्दै स्थायी निक्षेप सुविधा लिनका लागि बचतको न्यूनतम ब्याजदर ३ प्रतिशत हुनुपर्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकले खुलाबजार कारोबार विनियमावली र कार्यविधि संशोधन गरेर ब्याजदर करिडोरको तल्लो सीमा भन्दा कम अर्थात ३ प्रतिशत बराबर बचत निक्षेपको न्यूनतम ब्याजदर हुनुपर्ने व्यवस्था गरेको छ ।

केन्द्रीय बैंकले तरलतामा आउने उतारचढावले ब्याजदरमा अस्वभाविक उतारचढाव नहोस भन्दै न्यूनतम ब्याजदरको सीमा तोकेको छ । वित्तीय प्रणालीमा अधिक तरलता भइ ब्याजदर अस्वभाविक घट्ने अवस्था आएमा निक्षेप संकलन उपकरण, रिभर्स रिपो तथा स्थायी निक्षेप सुविधा मार्फत तरलता खिच्ने र तरलता अधिक हुँदा स्थायी तरलता सुविधा तथा रिपो मार्फत बजारमा तरलता पठाउछ ।